संरक्षणको पर्खाइमा दाङको थारुग्राम

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १४ असोज |  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँ गाउँ घोराही बजारभन्दा करिव आठ किलोमिटरको दुरीमा छ । यो गाउँमा करीव ८० घरधुरी छन् । यहाँ बसोबास गर्ने सबै जाति थारु समुदायका मात्रै हुन् ।


एक दशक अघि विक्रम सम्वत २०६५ सालमा थारु कला, संस्कृति र पहिचानको जगेर्ना गर्नुपर्छ भन्दै केही थारु अगुवाहरुको पहलमा उक्त ठाउँमा थारुग्रामको थालनी गरेका थिए । तत्कालीन जिल्ला विकास समितिले सम्पदा संरक्षणका लागि तीन लाख आर्थिक सहयोग गरेपछि पाँच वटा थारुहरुको पहिचान दिने घर र त्यसमा आफ्ना कला, पौरख अनि दैनिक जीवनमा प्रयोग गरिने सम्पूर्ण सामग्रीहरु राखिएका छन् । ती सबै वस्तु अहिले पनि छन् । घरमा मिथिला चित्रकला, थारु जातीले प्रयोग गर्ने ढकिया, बेरुवा, चाकी, हलो, कोदालो, कोल, सुईला, ढुईना, नम्ह्रैन(मालुको) पातको दुना टपरीलगायत वस्तुभाउ राखिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


खर (काँस)ले छाएको छाना, माटोको भित्ता अनि भित्रको कोठा पनि थारु परम्परामा रहेका छन् ।  थारु ग्राम स्थापना भएको यो एक दशकको यात्रामा घर र त्यसभित्रका केही सामग्री बने पनि थप केही उपलब्धी भने हुन सकेको छैन । त्यति पूर्वाधार बने पनि यसको प्रचार प्रसारमा नत स्थानीयले चासो देखाए नत थप विकास र बिस्तारका लागि कतै सहयोगको पहल भयो ।

‘पुराना पुस्ताले अलिअलि भएपनि बिडो धानेर यहाँसम्म ल्याएका छौं, हाम्रा छोरा नातिलाई सिकाउन खोज्यो चासो नै लिँदैनन्, के गर्नु ?’ थारु ग्राम संरक्षण व्यवस्थापन समिति अध्यक्ष बेझलाल चौधरी भन्नुहुन्छ ‘हामीले भनेको सबै कुरा राम्रा नहोला तर राम्रो नराम्रो छुट्याउने काम त नयाँ पुस्ताको होइन र ?’ उनको प्रश्न छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


‘यो थारु समुदायको अमुल्य सम्पत्ति हो, यसको संरक्षणमा हामी आफै लाग्नु पर्छ भन्ने साँच भए पनि खोइ किन हो त्यति चासो नै दिँदैनन् ।’ अध्यक्ष चौधरीको भनाइ छ ।

थारु ग्रामलाई संरक्षण गर्ने, संग्रहालय पनि बनाउने र आन्तरिक, वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने भनेर तत्काली अवस्थामा कामको थालनी भएको थियो । स्थानीय थारु अगुवाहरुले केही पूर्वाधार तयार पारे पनि आर्थिक अभावका कारण काम रोकिएको संरक्षण समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यहाँ करीव ४ बिगाहा क्षेत्रफल जग्गा थारु ग्रामकै लागि छुट्याइएको छ । अहिले स्थानीय सरकार आइसकेपछि घोराही उपमहानगरले केही चासो देखाएको छ । घोराही उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीले थारु संस्कृति र परम्पराको संरक्षणका लागि थालिएको काम एक दशकयता अधुरै रहेका देख्दा आफुलाई दुख लागेको भन्दै थप संरक्षणमा आफु लाग्ने बताउनुहुन्छ ।

उहाँले उपमहानगरको पर्यटन शाखासँग आवश्यक परामर्श गरेर वृहत योजनासहितको काम गरी पर्यापर्यटन र थारु होमस्टेको रुपमा विकास गर्ने गरी काम गर्न चाहेको बताउनुभयो । जसका लागि स्थानीय नागरिकको सहयोग चाहिने भएकाले उनीहरुलाई संरक्षणसँगै उत्पादनमुखी योजना ल्याउने आफुले सोच बनाएको धारणा व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नजिकै बबई नदी रहेकाले नदीलाई पनि आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रुपमा विकास गर्न युवालाई चासो लिएर अघि बढ्न नगर प्रमुखको आग्रह छ ।

बाह्य संस्कृतिको प्रभावले थारु कला संस्कृति र पहिचान ओझेलमा पर्न थालेको पछिल्लो समयमा गुनासो बढ्दै जान थालेको छ । यस्तो अवस्थामा थारु समुदायको पहिचानसँग जोडिएको थारुग्राम संरक्षणको पर्खाइमा रहेको छ । र यसलाई थारु युवाहरु संरक्षणमा खटिनु जरुरी छ ।(रासस)

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *