अढाइ महिनामा डेंगुबाट ११ हजार जना संक्रमित, ६ जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौँ । साढे दुई महिनाको अवधिमा झण्डै ११ हजार डेंगुका नयाँ बिरामी थपिएका छन् । इपिडिमियोलो तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको डेंगु नयाँ बिरामीको तथ्याङ्कमा १० हजार ९ सय ९३ जना नयाँ बिरामी थपिएका हुन् ।

जसमा प्रदेश नम्बर नं. १ मा १ हजार ७३, प्रदेश नं. २ मा १७४, प्रदेश नं. ३ मा ५ हजार ७ सय १५, गण्डकी प्रदेश २ हजार ८ सय ३३, प्रदेश नं.५ १ हजार ४४, कर्णाली प्रदेश ५३ जना र सुदूरपश्चिम प्रदेशमा १०१ नयाँ डेंगुका बिरामी थपिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सबैभन्दा धेरै प्रदेश नं. ३ मा डेंगुको संक्रमण देखिएको छ । ३ नम्बर प्रदेश जोखिममुक्त हुन नसकेको तथ्याङ्कले जनाउँछ ।

अहिलेसम्म ६७ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । हिमाली जिल्ला रसुवा र मनाङ्गमा पनि डेंगुको संक्रमण देखिएको छ । अन्य जिल्लाको तुलनामा डेंगु  संक्रमित चितवन, काठमाडौँ ,कास्कीमा धेरै देखिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै डेंगुबाट सिन्धुपाल्चोक, सुनसरी, चितवन, काठमाडौं र डोटीमा गरी ६ जनाको मृत्यु भइसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

रातोपाटीबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *