भेलसँग बग्दै सडकको करोडौं लगानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान,१४ असोज । सल्यान जिल्लाका ग्रामिण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्रयाक खोलिएका सडकहरु अहिले नालामा परिणत भएका छन् । भिरालो जमिनमा डोजर, एक्साभेटर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोका जोखिम बढेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक बनाउने नाममा जथाभावी डोजर चलाउदा पहिरोको जोखिम बढ्नुका साथै पैदल हिड्न समेत मुस्किल हुने गरेको स्थानीयको गुनासो छ । हिउँदमा जथाभावी भित्ता भत्काउनाले माटोको व्यवस्थापन र संरक्षण गर्न ध्यान नपु¥याउदा सडक विकासको सूचक भन्दा विनासको सूचकमा परिणत भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लाखौं करोडौ खर्च गरेर बनाइएका सडक वर्खा लागेपछि हिलाम्म बनेर पैदल हिड्न समेत समस्या हुने गरेको छ । स्थानीय तहले सडकमा प्राथमिकता दिएर बजेट लगानी गरे पनि सार्वसाधरणले सेवा सुविधा पाउन सकेका छैनन् । जिल्लाका दश वटै स्थानीय तहले सडकलाई प्राथमिकतामा राखी करोडौ बजेट विनियोजन गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *