जनगुनासो बढे पछि उपमहानगरका माथिल्लो तहका कर्मचारीको अधिकार खुम्चियो

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

घोराही । सर्वसाधारणको तीव्र गुनासो पछि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले एक्सन लिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अघिल्लो साता उपमहानगरका माथिल्लो तहका कर्मचारीहरुको व्यापक हेरफेर गरिएको छ । डेढ दशकभन्दा लामो समय देखि उपमहानगरमा हालिमुवाली गर्दै आएका उच्च तहका कर्मचारीहरुको अधिकार खोसिएको छ । उनीहरु मध्ये केहीलाई वडामा पठाइएको छ भने केहीलाई सीमित योजना हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

नगरपालिकाले इञ्जिनियर रामधन श्रेष्ठलाई जलाशयका योजनाहरु मात्र हेर्ने अधिकार दिएको छ । यसअघि उनले घोराहीमा निर्माण हुने सम्पूर्ण पूर्वाधार तथा घर नक्साको डिजाइन हेर्ने गर्दथे । यस अघि प्रशासन हेर्ने सुवोध रेग्मीलाई वडा नं ३ को सचिव बनाएर पठाइएको छ । रेग्मीले लामो समय वातावरण, वालवालिका, गैर सरकारी सस्था तथा समग्र प्रशासन तर्फका काम हेरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस अघि योजना शाखाको महत्वपूर्ण जिम्मेवारीमा रहेका विरबहादुर वलीलाई विपद् व्यवस्थापन मात्र हेर्ने जिम्मेवारी दिइएको छ । लामो समय उपमहानगरमा योजना तथा प्रशासन शाखामा एउटै व्यक्तिको हालिमुवाली हुँदा समस्या उत्पन्न भएको जनगुनासो आउने गरेको थियो ।

त्यसैगरी सुपरभाइजर तिलक केसीलाई वडा नं ७ मा काम गर्ने गरी पठाइएको छ । इञ्जिनियर मधु खतिवडालाई पनि ५ नं वडा हेर्ने जिम्मेवारी दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरले नयाँ नियुक्त भएका इञ्जिनियर र सव इञ्जिनियरहरुलाई उनीहरुले यस अघि सम्हाल्दै आएका कामहरुको जिम्मेवारी दिइएको छ । कर्मचारीहरुकै असहयोगका कारण उपमहानगरले अपेक्षाकृति गति लिन नसकेको कतिपयले बताउने गरेका छन् ।

मेयर चौधरी निर्वाचित भए लगत्तै एक महिना भित्र गरिसक्नुपर्ने काम अहिले दुई वर्ष पुगेपछि गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । ‘मेयरसापले निर्वाचित भए लगत्तै यस्तै एक्सन चालेको भए उपमहानगरले यतिवेला राम्रो गति लिइसकेको हुन्थ्यो,’ उनले भने, ‘ढिलै भए पनि राम्रो कामको शुरुवात भएको छ, अब उपमहानगरको विकास निर्माणले तीव्रता लिनुका साथै जनताले सहज र सर्वसुलभ सेवा पाउने छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

साभार चेतना अनलाईन

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *