पर्यटकिय स्थलको सम्भावना बोकेको ‘हात्ती ढुङ्गा हिलपार्क’

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
घोराही, २७ भदौ

घोराही उपमहानगरपालिकाको बजार क्षेत्रबाट सबै भन्दा नजिकको सुन्दर पहाडी क्षेत्र घोरदौरा हो । उपमहानगर कै वडा नम्वर १८मा पर्ने घोरदौरा सुन्दर शान्त, शितल छ । बजार र त्यस वरिपरिको गाउँको दृश्याअवलोकन गर्नको लागि निकै मनोरम पनि छ । पछिल्लो समय घोरदौरामा समय विताउन, घुम्न, रमाइलोगर्न जानेहरुको भीड नै लाग्ने गरेको छ ।
पुराना बरपिपलका रुखहरु, मनोरम डाँडा, बजार क्षेत्र सबै देखिने हुदाँ पनि यहाँका बासिन्दाहरु घोरदौरालाई ‘हाइकिङ’को रुपमा प्रयोग गर्न थालेका छन् । केही बर्ष देखि सबैको नजरमा परेको घोरदौरामा अर्को पर्यटकिय स्थल छ ‘हात्ती ढुङ्गा हिलपार्क’ । भिरालो डाडाँमा ढुङ्गाका बथान छन् । तीनै बथानमा एउटा यस्तो ढुङ्गा छ जो हात्तीको जस्तो आकारमा बनेको छ ।
स्थानियवासीका अनुसार त्यो ढुङ्गा सदियौ देखि त्यहाँ छ । घोरदौरा पुग्नको लागि बाटो मै पर्ने हुदाँ पनि त्यो ढुङ्गालाई स्थानियले आउदा जादा फुलपाती चढाउने गर्दछन् । हात्तीलाई हिन्दु धर्मावलम्बीहरुले गणेशको प्रतिक मान्ने हुदाँ पनि हात्तीको आकारमा भएको ढुङ्गालाई भगवान कै आकृतिको रुपमा स्थानियले आस्थाको रुपमा मान्ने गरेका छन् ।
घोराहीमा धेरै पर्यटकि स्थल छन् । तीनीहरुको संरक्षण र विकासको लागि धेरै काम पनि भएका छन् । तर हात्ती ढुङ्गाको बारेमा भने कसैले चासो दिएको देखिदैन । पछिल्लो समय घोराही उपमहानगरपालिकाले गठन गरेको पर्यटन समितिले भने त्यसलाई चासोको रुपमा लिन थालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही नगरपालिका स्तरिय पर्यटन तथा संकृति प्रवर्धन समितिका संयोजक रमेशकुमार पाण्डेले हात्ती ढुङ्गा डाडाँ घोराही नजिकै भएको हुदाँ पनि त्यस ठाउँमा थप पुर्वाधार विकास गर्न सके उपलब्धी मुलक हुने बताउनुभयो । उहाँले प्राकृतिक रुप मै आर्कषित ठाउँलाई केही नयाँ तरिकाले विकास गरे थप आर्कषित बनाउन सकिने बताउनुभयो । साथै उहाँले हात्ती ढुङ्गा क्षेत्रको विकासको लागि आफुले थप पहल गर्ने प्रतिवद्धा पनि जनाउनुभयो ।
घोराही उपमहानका पर्यटन शाखाका प्रमुख बालकृष्ण खनालले पनि यस बर्ष प्रचारप्रसारमा जोड दिने र आगामी बर्ष हात्ती ढुङ्गाको विकासको लागि थप योजना बनाएरै अगाडी बढ्न सकिने बताउनुभयो । घोराही बजार नजिकै भए पनि आफुले यस बारेमा पहिले जानकारी नपाएको भन्दै उहाँले अव यस क्षेत्रको प्रर्वधनको लागि उपमहानगरमा छलफल चलाउने बताउनुभयो ।
सामाजिक संजालमा हात्ती ढुङ्गाको चर्चा बढे पछि केही दिन पहिले उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी पनि त्यस क्षेत्रको अवलोकन गरेका थिए भने पर्यटन शाखा प्रमुख बालकृष्ण खनाल, पर्यटन समितिका प्रमुख रमेश पाण्डे, सदस्य कुलदीप न्यौपानेलको टोलीले समेत त्यस क्षेत्रको अवलोकन गर्नुभयो ।
संकृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य एवम फोटो पत्रकार कुलदीप न्यौपाने पनि त्यस ठाउँको विकासको लागि तत्परता देखाउन थालेका थाल्नुभएको छ । उहाँले जसरी भए पनि हात्ती ढुङ्गालाई पर्यटकिय क्षेत्र बनाउने भन्दै प्रचारप्रसारको अभियान नै थालेको बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *