रोल्पामा पहिरोले घर पुरिदा २ को मृत्यु, ४ जना बेपत्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोल्पाको थबाङमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर ४ जना वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुमध्ये २ जनाको शव शुक्रबार बिहान फेला परेको हो ।

प्रहरीका अनुसार २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षे छोरा असलको शव फेला परेको हो ।

पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लबाङमा दुई परिवारका ६ जना बस्दै आएका थिए । पुरिएका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *