आफन्तद्वारा बेचिन्छन महिला-बालबालिकाहरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २० भदौ | मानव बेचबिखन तथा ओसार पसार बिरूद्दको १३ औ राष्ट्रिय दिवस मनाइएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा आज विहान कार्यक्रम भएको थियो । घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानलेका अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले पछिल्लो समय वेचविखनका घटनाले स्वरुप परिर्वतन गरिरहेको, नयाँ नयाँ तौरतरिकाबाट व्यक्तिहरु बेचविखनमा पर्ने गरेका बताए । उनले सबै क्षेत्रको पहल विना मानव वेच विखन जस्तो जोखिमको घटना रोक्न नसकिने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा देशको मानव वेचविखनको अवस्था बारे जानकारी दिदै प्रहरी प्रमुख जनक भट्राईले मानव अधिकारवारे भएका अन्तराष्ट्रिय सन्धी सम्झौताको बारेमा जानकारी गराएका थिए । उनले देश भित्र र देश बाहिर भैरहेको मानव वेचविखनको अवस्थाको तथ्याङ्क सहित जानकारी गराएका थिए । प्रहरी प्रमुख भट्राईले दिएको जानकारी अनुसार २०६८ देखि ०७४ सम्म देश भर १३७२ जना वेचबिखनमा परेको र ०७४÷७५मा देशभर २९७ जना व्यक्तिको बेचबिखन भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

यस्तै जिल्लाको मानव वचेविखनको बारेमा जानकारी दिदै प्रहरी प्रमुख भट्राईले अघिल्लो बर्ष तीन, गत बर्ष तीन जना बेच विखनमा परेको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएको जानकारी दिए । उनका अनुसार विश्वमा बार्षिक ४० करोड मान्छे बेचबिखनमा पर्ने गरेका जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


प्रहरीका अनुसार विशेष गरी कमजोर आर्थिक अवस्था भएका, चेतनाको कमी, मानव वेचविखनमा भैरहेको कारणबारे अध्ययन अनुन्धानको कमी, कानुनको अनविज्ञता जस्ता कारणले पनि मावन वेचविखनका घटना बढेको बताए । यस्तै देशमा मानव वेचविखनको एकिन तथ्याङ्कको अभाब रहेको उनले बताए । साथै वेचबिखनमा परेकालाई फेरी समाजमा स्थापित गर्नको लागि निकै समस्या हुने गरेको उनले अनुभव पनि सुनाए ।


कार्यक्रममा सामी परियोजनाकी बसन्ता पुनले अदक्ष जनशक्ती बैदैशिक रोजगारमा जाने गरको र जसको कारण बेचविखनको शिकारमा पर्ने गरेका बताईन । महिला मानव अधिकार रक्षक जिल्ला अध्यक्ष हुमा डिसीले आफ्नै मान्छेहरूले महिला-बालबालिकालाई वेचबिखन गरेको घटना बढी रहेको बताईन । साथै उनले अब प्रत्येक टोलटोलका व्यक्तिहरू सचेत हुनु पर्ने, मानव वेचविखन विरुद्धमा सबैलाई चेतना विस्तारको आवश्यकता रहेको बताईन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रमको सचालन घोराही उपमहानगरपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मोति बिश्वकर्माले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *