सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ भदौ १७  । दाङको पर्यटकिय गन्तब्यहरु मध्य सबै भन्दा चर्चित शिखर सवारीकोटमा मेला लाग्यो । प्राकृतिक र ऐतिहासिक सम्पदाको रुपमा चर्चित सवारीकोटमा प्रत्येक वर्ष जस्तै यो नयाँ वर्षमा पनि लागेको मेलामा संयौ मानिसहरु सहभागी भए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विगतका वर्षहरुमा भन्दा यो वर्ष मेला भर्ने मानिसहरुको संख्यामा बृद्धि भएको छ । मनकामना–गोरखनाथ मन्दिरमा नयाँ वर्षको अबसरमा लाग्ने मेलामा भौतिक पुर्वाधारहरुको निर्माण पछि मानिसहरुको संख्या बृद्धि भएको स्थानीयबासीहरुले बताउछन् । ‘अहिले सडक राम्रो बनेको छ, अटो रिक्साबाटै आउन सकिने दुई वटा सडक छन, यहाँ मन्दिर निर्माण भएको छ ।’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समुद्री सतहबाट करीब १८ सय मिटर उचाइमा रहेको घोराही उपमहानगरपािलका ४ सवारीकोटबाट सिंगो दाङ उपत्यका समेत अवलोकन गर्न सकिन्छ । गर्मी मौसममा चिसो हावा चल्ने सवारीकोटमा मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको मेलामा घोराही बजारबाट समेत मानिसहरु मेला भर्न जान्छन् ।

घोराहीबाट उत्तरपूर्व १२ किलोमिटर दूरीमा रहेको सवारीकोट पछिल्लो समयमा भौतिक पुर्वाधारहरु समेत निर्माण हुन थालेपछि यो वर्ष मेला भर्नेहरुको संख्या समेत बढेको समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्राचीन राजनीतिक इतिहाससमेत बोकेको सवारीकोट अहिले २५ बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । दाङको थारू राज्यमाथि आक्रमण गरी सवारीकोटे राजा रत्नपरीक्षकले आफ्नो राज्यमा मिलाएको इतिहास रहेको संस्कृतविद् डा. गोविन्द आचार्यले बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेराको श्रीसिद्धरत्ननाथको मन्दिरको गुठी जग्गामा सवारीकोट मन्दिर निर्माण भएको छ । सवारीकोटमा रहेको मनकामना–गोरखनाथ मन्दिरको प्रचार, व्यवस्थापनका लागि बैशाख १ गतेको दिन मेला सञ्चालन गर्ने निर्णय भएको समितिका अध्यक्ष बुढाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मेलाको अबसरमा स्थानीय सांस्कृतिक गतिविधिहरु समेत भए । सवारीकोट मगर समुदायको बाहुल्य क्षेत्र हो । मेलाको अबसरमा स्थानीय मगर समुदायले सोरठी नृत्य प्रस्तुत गरे । सवारीकोटमा अहिले जिल्लाकै नमुना मगर ग्राम समेत सञ्चालनमा रहेका कारण चर्चामा रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जनप्रतिनिधीहरु आएपछि सवारीकोट सम्म पुग्ने सडक निर्माण भएको छ । घोराही हुँदै १२ किलोमिटर सडक भएर जानु पर्ने सवारीकोटमा लक्ष्मीपुर हुँदै ७ किलोमिटरकै छोटो दुरीमा सवारीकोट जान सकिने गरी सडक निर्माण भएको वडा अध्यक्ष भिमबहादुर सार्कीले बताउनुभयो ।

‘यो सडकले सवारीकोट र कोटको ठिक तल रहेको लक्ष्मीपुर बस्ती जोडेको छ ।’ अध्यक्ष सार्कीले भन्नुभयो, ‘यस्तै मेला महोत्सव, कार्यक्रम, दैनिक उपभोग्य बस्तुहरुको खरिद विक्रि गर्ने र प्रशासनिक कामका लागि पनि यो सडक सहयोग गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *