देउखुरीमा व्यवसायीक कागती खेती

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ भदाै | दाङको देउखुरी उपत्यमा व्यवसायीक रुपमा कागती खेतीको शुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ हर्दवाका स्थानीयले व्यवसायीक रुपमा कागती खेती गर्न थालेका हुन । पहिले घरयासी प्रयोगको लागि दुइ÷चार वटा बोट लगाएर शुरु गरेका हर्दहवाका स्थानीयले कागती राम्रो फलेपछि व्यवसायीक खेती तर्फ आकर्षित भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले हर्दहवाका ४० घर परिवारले व्यवसायीक कागती खेती थालेका छन् । सोही ठाउँ निवासी अमर कुवंरल अठार कठ्ठा जग्गामा कगती खेती गर्दै आउनु भएको छ । स्थानीय जातको कागती बिक्रीबाट गतसाल उहाँले एक लाख रुपियाँ अम्दानी गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै सोही ठाउँका खिमवहादुर केसीले पनि यस बर्ष कागती बिक्री गरेर ५० हजार आम्दानी गर्ने लक्ष्य राख्नु भएको छ । भरखरै शुरुवात भएकाले पहिलो पटक धेरै नहोला आगामी बर्षमा राम्रो कमाउन सकिन्छ, की भन्ने लागेको छ, केसीले भन्नुभयो । कागती खेतीको शुरुवात गरेका ४० घर परिवारले नै कम्तीमा २० हजार देखी एकलाख सम्म आम्दानी गर्ने गरेका छन् ।

ब्यत्तिगत रुपमा स्वर्त स्फुर्त रुपमा कागती खेती गरेका स्थानीय बजारमा राम्रो मुल्य पाउने र अन्य खेतीको तुलनामा कागतीको राम्रो उत्पादन हुुन थालेपछि अन्य खेती थालेका कागती तर्फ लागेका हुन । स्थानीयले शुरु गरेको कागती खेतीले प्रदेश सरकारले शुरु गरेको स्मार्ट कृर्षि गाउँ छनौटमा पनि सहयोग पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले पाँच नम्बर प्रदेश सरकारले हर्दहवा गाउँलाई स्मार्ट कृषि गाउँको रुपमा छनौट गरि कृषि क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हामीले शुरु गरेको कामले स्मार्ट कृषि गाउँ छान्न पनि सजिलो भयो, अहिले कागतीसंगै बाख्रा पालन तर्फ स्थानीय आकर्षित भएका छन् । हर्दहवा स्मार्ट कृर्षि गाउँ कार्यक्रम कार्यान्यवन समितिको संयोजक समेत रहनु भएका अमर कुवंरले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्मार्ट कृर्षि गाउँ लागुभएपछि अहिले सिंचाईको लागि जलासय निर्माण, उन्नत जातका बाख्रा पालनको लागि २४ वटा बाख्रा र बोयर जातको बोका वितरण र औजार वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *