अनुसन्धान प्रभावित हुन नदिन सबै दल एक ठाउँमा उभिनुपर्छ : चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

सांसदहरुले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या र रवि लामिछाने पक्राउको अनुसन्धान प्रभावित हुन नदिन सबै दलहरु एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै नेकपाकी सांसद शान्ता चौधरीले अनुसन्धान चलिरहेका बेला त्यसलाई प्रभावित पार्ने गतिविधि भएको बताइन् । ‘नत रवि दोषी हुन भन्ने प्रमाणित भएको छ । नत निर्दोष हुन् भन्ने प्रमाणित भएको छ । अनुसन्धानका आफ्नै प्रक्रिया हुन्छन् । अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सहि मान्न सकिदैन । यसलाई रोक्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ’ चौधरीले भनिन् ।

अनुसन्धानमा अवरोध नभए तथ्यमा टेकेर सत्य पत्ता लगाउँन सकिने भन्दै उनले निर्दोषले सजाय भोग्न नपर्ने र दोषीले उन्मुक्ति नपाउने बताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राज्यका संयन्त्रलाई ‘वाइपास’ गरेर अघि बढ्न खोज्दा देशमा उत्पन्न हुन सक्ने भयावह अवस्थालाई सबैले देख्न सक्नुपर्ने उनको भनाइ छ । ‘देश विधिले चलाउने हो । कानुनको सर्वोच्चतालाई सबैले आत्मसाथ गर्नुपर्छ’ शान्ताले भनिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *