यस कारण हुन सक्छ रवि लामिछानेलाई ५ वर्ष कैद

काठमाण्डौ, साउन ३२ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेमाथि प्रहरीले बिस्तृत अनुसन्धान थालेको छ । पत्रकार पुडासैनीले लामिछानेसहित ३ जनाको कारण आफू मर्नु परेको भिडियो रेकर्ड गराएका थिए । घटना लगत्तै भिडियो सार्वजनिक भएको थियाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुनै पनि व्यक्तिले मर्नुअघि दिएको बयानलाई कानुनी आधार मान्ने व्यवस्था छ । त्यो कानुनी व्यवस्था अनुसार घटनामा लामिछाने दोषी ठहरिने स्थिति देखिएको छ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले घटनाको गहिरो अध्ययन भइरहेको जानकारी दिनुभएको छ । ‘मर्नुअघिको बयानलाई सत्य मानिने कानुनी आधार छ, यसलाई ‘डाइङ डिक्लेरेशन’ भनिन्छ’ उहाँले भन्नुभयो, ‘मृतकको मोबाइलमा रेकर्ड गरिएको भिडियो भेटियो । हामीले टेष्ट गर्यौं । भ्वाइस पनि परीक्षण गर्यौं ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी प्रमुख मल्लका अनुसार, सार्वजनिक भएको भिडियो, अन्य प्रमाण तथा परीक्षण मृतकको नै भएको प्रमाणित भएको छ । त्यसमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्की दोषी देखिएका छन् ।

‘प्रहरीसँग यसबाहेक अन्य प्रमाण छन्’ उहाँले भन्नुभयो, ‘यिनै आधारमा तीनैजनामाथि अनुसन्धान गर्नुपर्ने देखिन्छ । त्यही कारण उनीहरुलाई पक्राउ गरिएको हो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुरुत्साहन पुष्टि भए, यस्तो हुन्छ कारबाही

रवि लामिछाने युवराज कँडेल र अस्मिता कार्कीलाई अपराधसंहिता २०७४ अनुसार अनुसन्धान तथा कारबाही थालिएको छ । अपराधसंहिता २०७४ को १८७ अनुसार कुनै अपराधका लागि दुरुत्साहन गरेको पाइए यसलाई फौजदारी कसुर मानिन्छ । ऐनको भाग २ को परिच्छेद १२ को धारा १८५ मा यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपेयाँ सम्म जरिवाना गर्ने उल्लेख छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लामिछाने समूहको बचाउ प्रयास

पत्रकार लामिछाने पक्राउ परेपछि उनका  समर्थक समूहले बचाउने प्रयास गरेका छन् । लामिछानेका समर्थकले घटनामा उनलाई चोख्याउन सामाजिक सञ्जालममर्फत अभियान नै चलाएका छन् । तर प्रहरीले अनुसन्धान थालेपछि कुनै प्रभाव पार्न सक्ने अवस्था छैन । कुनै पनि मुद्धा प्रहरी तथा अदालत प्रवेश गरेपछि त्यसविरुद्ध सावैजनिक अभिव्यक्ति दिन पाइँदैन । तर लामिछानेका समर्थकले त्यसविपरीत अभिव्यक्ति दिइरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *