स्मार्ट लाइसेन्स पाउन बर्षौ कुर्नु पर्ने , ट्राफिकबाट दिनहु सास्ती

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ साउन | यातायात ब्यवस्था कार्यालय दाङबाट २०७४ सालमा श्रावण महिनादेखि स्मार्ट कार्ड ( सवारी चालक अनुमतिपत्र) दिन शुरु भएको थियो। सोही समयदेखि वितेकाे आर्थिक बर्षसम्म हजार जनाको स्मार्ट कार्डको लागि विभागमा पेस भएको कार्यालयले जनाएको छ। वितेको आर्थिक वर्ष २०७५/०७६ सम्म नयाँ तथा हराएका वा नविकरण गर्ने जस्ता गरी ३० हजार भन्दा बढी यातायात विभागमा पठाएको कार्यालय प्रमुख मित्रमणि ढकालले बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ती मध्ये हालसम्म ८ हजार जनालाई मात्र स्मार्ट कार्ड वितरण गरेको उनले बताए। विभिन्न प्राविधिक कारणले गर्दा धेरै समय लाग्ने गरेको बताए। शुरुमा यातायात ब्यवस्था विभागले ३ महिनामा दिने लक्ष्य लिएता पनि काड छाप्ने मेसीनका कारण समस्या भएपछि धेरै समय लागेको उनले बताए। उनका अनुसार एक जना ब्यक्तिले कार्ड पाउनका लागि अहिले १० महिना लाग्ने गर्दछ। तर उक्त ब्यक्तिले स्मार्ट काड लाइसेन्स नपाउदां सम्म यातायात कार्यालयले एउटा रसिद दिने र उक्त ब्यक्ति त्यसै अनुसार सवारी चलाउन पाउने ब्यवस्था भएको उनले बताए। यता वर्ष दिनसम्म पनि कार्ड पाउन सक्दा सवारी चालकले धेरै समस्या भोग्ने गरेको बताउँदै आएका छन।

Blog Post Ad Blog Post Ad Blog Post Ad

करिब १ वर्षसम्म पनि काड नहुँदा यातायात कार्यालयले दिएको काम चलाउ काडले गर्दा बेला बेलाका ट्राफिकवाट समस्या भोग्नु परेको बताएका छन। तुलसीपुरका बस चालक सुरेश वलीले एक/ दुई पटकसम्म त यो अस्थायी कागज देखाउँदा केही समस्या नहुने भए तापनि वर्षौ दिनसम्म पनि उही देखाउनु पर्दा आफूलाई अप्ठेरो लाग्ने गरेको बताउ। त्यसैगरी सल्यान बागचौरका खड्गप्रसाद खड्काले मोटरसायकलको लायसेन्स नपाएको एक वर्ष भएको बताए। शुरुमा यातायात कार्यालयवाट अस्थायी रसिद लिँदा ३ महिनामा पाइन्छ भने पनि अहिले एक बर्ष हुँदा पनि नपाएको गुनासो गरे।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले कार्यालयले हामीलाई लाइसेन्स नम्बर भएको रसिद दिन्छ, त्यो देखाउँदा ट्राफिक प्रहरीले विश्वास नगर्ने समेत बताए। ट्राफिकले चेकजाँच गर्ने क्रममा त्यो रसिद देखाउँदा आफ्नो अन्य परिचय पत्र माग्ने गरेको बताए। त्यसैगरी ट्राफिक प्रहरीले भने रसिदका कारण आफूलाई समस्या हुने गरेको बताइएको छ।

त्यो रसिदमा ब्यक्तिको फोटा हुँदैँन। कसैले अन्य ब्यक्तिको बोकेर हिडेका हुन्छन, त्यो भएर उनीहरुको अन्य परिचय पत्र हेरेर चेक जाँच गर्ने गरेको तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक चन्द्र केसीले बताए। उनले यातायात ब्यवस्था कार्यालयले रसिद दिदा फोटोसहितको वा परिचय खुल्न जस्तो बनाउनु पर्ने बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *