साझा औषधी बिक्रि कक्ष प्रतिष्ठानले गरायो बन्द

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ११ साउन|  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले अस्पतालको हाता भित्र लामो समय देखी सञ्चालनमा रहेको साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्ष बन्द गराएको छ । प्रतिष्ठानले एक सूचना टाँस गरी अर्धसरकारी साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्षलाई बन्द गराएको हो । प्रतिष्ठानले ‘साझा स्वास्थ्य सेवा बन्द रहेको जानकारी गराउदछौ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

औषधीजन्य सामाग्रि चाहिएमा अस्पताल फार्मेसीमा सम्पर्क राख्नुहोला’ भन्ने सूचना टाँसेको छ । तत्कालिन जिल्ला अस्पताल देखी नै सञ्चालनमा रहदै आएको साझालाई प्रतिष्ठानले दुई बर्ष पहिले अस्पताल गेटमा व्यवस्थापन गरेको थियो । तर प्रतिष्ठानको औषधी पसलमा आबस्यक औषधीहरु नपाईने भएका कारण साझाको औषधी बिक्रि कक्षमा सेवाग्राहीहरु जाने गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अर्को तर्फ साझा र अस्पताल प्रशासन बिचको सम्झौता यही गएको असार मसान्तमा सकिएको थियो । प्रतिष्ठानले सञ्चालन गरेको साझा औषधी कक्षमा सबै प्रकारका औषधीहरु नपाईने सेवाग्राहीको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *