जग्गा कारोबार घट्यो : आठ प्रतिशतले राजश्वमा कमि


जीतसागर जी.एम./
तुलसीपुर, ११ साउन/
सरकारले जग्गा कित्ताकाटमा रोक लगाएपछि जग्गा कारोबारमा कमि आएको छ । खेतीयोग्य जमिन जथाभावि आवासमा परिणत हुन थालेसंगै जग्गा किनबेचमा कमि आएको हो । जग्गाको कारबारी कमि भएपछि राजश्वमा पनि कमि आउन थालेको छ । मालपोत कार्यालय तुलसीपुरमा आर्थिक वर्ष २०७४÷७५ को तुलनामा बितेको आर्थिक वर्ष २०७५÷०७६ मा आठ प्रतिशतले राजश्वमा कमि आएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मालपोत कार्यालय तुलसीपुर गएको वर्षमा साढे १८ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख नरेशकुमार खड्काका अनुसार वितेको आर्थिक वर्षमा २०७५÷७६ मा १८ करोड ५६ लाख २४ हजार ५ सय ३७ राजश्व संकलन भएको हो ।

तुलसीपुर उपमहानगरपालिकासहित चार स्थानिय तहभित्र कार्यक्षेत्र रहेको मालपोत कार्यालय तुलसीपुरमा अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ को तुलनामा करिब ८ प्रतिशले राजश्वमा कमि आएको छ । कार्यालयले आर्थिक वर्ष २०७४÷२०७५ मा २० करोड १५ लाख राजश्व संकलन गरेको थियो भने गएको आर्थिक वर्षमा १८ करोड ५६ लाख २४ हजार ५ सय ३७ राजश्व संकलन गरेको प्रमुख खड्काले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार आर्थिक वर्ष २०७४÷२०७५ को तुलनामा गएको आर्थिक वर्षमा १ हजार २८ लिखतमा कमि आएको छ । कार्यालयले आर्थिक वर्ष २०७४÷२०७५ मा ११ हजार ८ सय ३३ लिखत पास गरेको थियो तर गएको आर्थिक वर्षमा १० हजार ८ सय ५ मात्रै लिखत पास गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारले जग्गा कित्ताकाटमा रोक लगाएपछि जग्गा खरिद विक्रिमा कमि आएको प्रमुख खड्काले बताउनुभयो । जग्गा कित्ताकाट गर्ने अधिकार स्थानीय तहमा सुचिकृत भएपनि स्थानिय तहले नितिमा ढिलाई गरेका कारण जग्गाको कित्ताकाट रोकिएको छ । स्थानीय सरकारले जग्गा कारोबार सम्बन्धि नयाँ नीति बनाएमा आवास र खेतियोग्य जमिनको ठाँउ छुट्टै उल्लेख छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *