सेवा केन्द्रमा रमाउदै विपन्न अपांग

रीता लामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१९ असार | घोराही १२ हापुरकी नन्दकुमारी वली (४०)का दुई पैतला छैनन । जसकाको कारण उनी आफै हिड्डुल गर्न सक्दिनन । सानैमा अभिभावक गुमाएकी उनी हाल भाई बुहारीसँग बस्दै आएकी थिइन । बुहारीको रातदिनको टोकेसोले उनलाई घरमा बस्नै मुस्किल भएको थियो । तर गत बैशाख देखि घोराहीको वडा नम्वर १४ झिँगौरामा अपांग पुनस्थापना केन्द्र स्थापना भए पछि उनको जीवनमा नयाँ अभिभावकको जन्म भयो ।


घरमा हेला, लाल्छना र भेदभाव सहेकी वली पुनस्थापना खुलेको थाहाँ पाउन वित्तिकै सम्पर्कमा आइन र अव यतै बस्ने निर्णय लिइन । आफन्त नभएकी वलीले पुनस्थापना केन्द्रमा पाएको माया, स्याहार, खानपान, सुरक्षित आवास पाए पछि जिन्दगी नै फेरिएको जस्तो लागेको छ । उनीसँग अहिले ह्लील चियर पनि छ । उनी त्यसको साहेताले यताउता डुल्न पनि पाएकी छन् । त्यहाँ भएका अन्य अपांगता र सुसारेहरुसँग गफगाफ गरेर दिन काट्न पनि पाएकि छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


यस्तै घोराही १८ गिठेपानीका १२ बर्षिय युवराज विश्वकर्माको आवाज छैन । दुवै खुट्टाले टेक्दैनन, हात चल्दैन र उनी बौद्धिक अपांग पनि हुन । गरिव परिवारका विश्वकर्माकी बाबु छैनन मजदुरी गर्ने आमालाई स्याहार्ने गाह्रो भएको थियो । तर अहिले उनी पुनस्थापना केन्द्रमा निकै खुसिका साथ बसेका छन् । समयमा खान र सुत्न पाएका छन् भने उनको नियमित उपचार पनि भएको छ ।

घोराही ढिकपुरका १६ बर्षिय सविन केसी र देउखुरीका २५ बर्षिय मोतिलाल बुढामगरले पनि नयाँ जीवन पाएका छन् । परिवारमा स्याहार सुसार गर्ने र आफन्त नभए पछि उनीहरुले घरमा कष्टकर जीवन बाँचीरहेका थिए । तर पुर्वस्थापना केन्द्रमा सुसारे सहित उपचार, खेलकुद, मनोरञ्जनको व्यवस्था पाए पछि उनीहरुको दैनिकिमा पनि परिवर्तन आएको छ । स्वस्थ्थकर खानेकुरा पाएका छन् भने सुरक्षित आवास पनि पाएका छन् । जसले निकै विपन्न परिवारमा रहेर दर्दपुर्ण अपांगता जीवन विताइरहेकाहरुलाई ठुलो राहत मिलेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


अपांगता भएकाहरुलाई सुसारेको काम गरिरहेकी सविता चौधरी अपांगता भएकाहरुलाई स्याहार गर्न निकै मेहेनत गर्नुपरेको बताउछिन् । विगत ९ बर्ष देखि संस्थामा काम गर्दै आएकी उनी गत बैशाख देखि कार्यालय मै सेवा केन्द्रको स्थापना भए पछि थप मेहेनत गर्नुपरेको बताउछिन् । ‘आफ्नो दिसापिसाव आएको थाहा नपाउने, आफै खान नसक्ने, कपडा बदल्न नसक्ने खालका अपांग पनि छन् ।’ उनले भनिन् ‘केन्द्र स्थापना पछि दोब्बर मेहेनत गर्नुपरेको छ । स्याहर्ने काम निकै दुखको छ ।’ उनको अनुभवमा त्यहाँ बस्न आएका अपांगता भएकाहरुले समय समयमा परिवार खोज्ने, आत्तिने गर्दा आफुलाई नियास्रो लाग्ने गरेको उनी सुनाउछिन् ।


प्रदेश नम्वर ५को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपांग पुनस्थापना केन्द्र संचालनमा आएको हो । आफन्त नभएका, आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरेर पुनस्थापना केन्द्र स्थापना गरिएको संचालक समितीकी सचिव भुमा चौधरी बताउछिन् । प्रदेशर सरकारबाट पनि प्रयाप्त आर्थिक सहयोग नपाए पछि प्रयाप्त कर्मचारी राख्न समस्या भएको उनको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘अपांगताको स्तर हेर्दा प्रति व्यक्ति एक जना कर्मचारीको आवश्यकता छ तर अर्थिक अभावमा त्यसो गर्न सकिएको छैन ।’ उनले भनिन् ‘सरकारबाट थप कर्मचारीको सहयोग नआए पछि प्रसासनिक खर्च कटौती गरेर कर्मचारी राख्नुपरेको छ ।’ बहु अपांगता भएकाहरुलाई बिशेष हेरचाह गर्नुपर्ने हुदाँ आफुहरुलाई थप कर्मचारीको लागि सहयोग गरिदिन स्थानिय सरकारसँग उनले अनुरोध समेत गरिन् ।

त्यहाँ बस्दै आएका अपांगहरुलाई घोराही उपमहानगरपालिकाले ह्लीचियर सहयोग गरे पनि अन्य सहयोग भने हुन नसकेको उनी बताउछिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *