वडा अध्यक्षले आफ्नै छोरालाई युवा सञ्जालको अध्यक्ष बनाएपछि…

नवीन अभिलाषी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असार १९ । दाङको राजपुर गाउँपालिका वडा नं. ३ मा युवा सञ्जाल गठनमा विवाद देखिएको छ । वडा अध्यक्ष रामछोरे यादवले वडा स्तरिय युव सञ्जाल गठन गर्दा आफ्नै छोरालाई अध्यक्ष बनाएपछि वडाका अन्य युवाहरुले विरोध जनाएका छन् ।

जेठ ३० गते भएको युवा भेलाले हेमराज यादवलाई अध्यक्षको रुपमा अगाडी सारेपनि वडा अध्यक्षले रोकेर असार १३ गते केहि युवाहरुलाई मात्रै बोलाई युवा सञ्जाल गठन गरेको मुकेश शाहले बताउनुभयो । वडा अध्यक्षले आफ्नै छोरा कृष्ण यादवलाई अध्यक्ष बनाएर सञ्जाल गठन गरेको र त्यसमा वडाका एक सय ५ जना युवाहरुले विरोध गर्दै हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा अध्यक्षले काम गर्दा एक लौटी रुपमा गर्ने गरेको आरोप लगाउँदै युवाहरुले राजपुर गाउँपालिकाको कार्यलयमा निवेदन समेत दर्ता गराएका छन् । निवेदन दर्ता गराउँदा समेत कुनै चासो नदेखाएको उनीहरुले चन्द्रभान यादवले बताउनुभयो ।

वडा अध्यक्षले आफ्नै छोरालाई वडा स्तरिय युवा सञ्जालको अध्यक्ष बनाएपछि वडाका एक सय भन्दा बढि युवाहरु न्याय खोज्दै घोराही आएका छन् । उनिहरुले जवरजस्त एकलौटी रुपमा बनाईएको युवा सञ्जाललाई बैज्ञानिकता दिन नहुने माग गर्दै जिल्लका सञ्चार माध्यमहरुमा पुगेको चन्द्रभान यादवले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *