तुलसीपुरमा कोसेली घर

तुलसीपुर, असार १८ । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नका लागि तुलसीपुरमा कोसेली घर स्थापना गरिने भएको छ । यस क्षेत्रको पहिचानका रुपमा रहेका विभिन्न वस्तु,खानेकुरा, लुगा लगायतका कुराहरुको विक्री वितरण गर्नका लागि १६ लाखको लागतमा वसपार्कमा यस्तो घरको सञ्चालन गरिने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिको स्थानीय व्यक्ति, समुह या सहकारीहरुले उत्पादन गरेका वस्तुको विक्री वितरणका लागि घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा भवन निर्माण गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


हस्तान्तरण कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले निर्देशिका वनाएर भवन सञ्चालन गर्ने वताएका छन् । तुलसीपुरबाट के कोसेली लैजान भन्ने कुराका लागि कोसेली घरको व्यवस्था गरिएको समेत उनको भनाई छ । उनले स्थानीय जातजातिले प्रयोग गर्ने वस्तु र अन्य कुराहरु कोसेली घरका राखिने वताए । उनले भवन निर्माणसँगै तत्कालै त्यसको सुरुवात गर्ने पनि वताए ।

उपप्रमुख माया शर्माले महिलाहरुलाई उद्यमशिल वनाउका लागि कोसेली घरको विशेष भुमिका हुने वताइन् । ‘वाह््य वस्तुको विस्थापन गरेर स्थानीय वस्तुको प्रयोग गर्न प्रेरित गर्ने काम यसले गर्दछ । ’ उपप्रमुख शर्माले वताइन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालले कोसेली घर तुलसीपुरलाई जिम्मा लगाएको वताउँदै लघु उद्यमको विकास गर्न यसले विशेष भुमिका वहन गर्ने विश्वास व्यक्त गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत,वडा नम्वर १८ का वडाध्यक्ष माधव वली, जिल्ला लघु उद्यम समितिकी माया न्यौपाने, वडा सदस्य सावित्रा गुरुङ, उपभोक्ता समिति अध्यक्ष सुनिल बाबु डाँगी लगायतले वोलेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *