दाङको घोराही उपमहानगर र चीनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालको प्रदेश नम्बर ५ स्थित दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटीबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा यान सिटीमा आयोजित कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख जिन जोउले संयुक्तरुपमा उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरका प्रमुख चौधरीले घोराही उपमहानगरपालिकाको विशेषता जानकारी गराउनुभयो । साथै उहाँले कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको र अझै यस क्षेत्रमा काम गर्न बाँकी रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यान सिटी र घोराही उपमहानगर बीचमा मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि यो सम्बन्धले घोराहीको विकासका लागि पनि मद्दत मिल्ने उहाँले बताउनुभयो । ‘ुहामीलाई एकदमै खुसी लागेको छ, यसले हामी दुवै नगरलाई थप राम्रो बनाउन मद्दत मिल्नेछु’– उहाँले भन्नुभयो

कार्यक्रममा यान सिटिका मेयर व्ष्ल श्यग ले यान सिटी पानी, माछा, चिया, पाण्डाका लागि प्रशिद्ध रहेको बताउनुभयो । यहाँको विशेषतः पर्यावरण राम्रो रहेको भन्दै उहाँले स्वास्थ्य विषयमा नेपाललाई सहयोग गर्न सक्ने र एउटा स्कुलसँग यसबारे कुरा भइरहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा घोराही उपमहानगरलाई सहयोग गर्नसक्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश ५ र घोराहीको पर्यटकीय भिजिट गर्न आफ्नो सिटीका बासिन्दा इच्छुक रहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भौगोलिक कारण छिमेकी भएर पनि नजिकको सम्बन्ध बिस्तार हुन नसकेको चाइनासँग बिआरआइका माध्यमबाट पछिल्लो समय बिस्तारै नजिक भइरहेको बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आजभन्दा ७ सय वर्ष पहिले चिनिया मन्त्रीले लुम्बिनीको भ्रमण गरेर पुस्तकमा उल्लेख गरेका कारण पनि लुम्बिनीको पहिचान गर्न थप सहज भएको भन्दै उहाँले चीनमा जस्तै नेपालमा पनि हिमाली क्षेत्रमा रेड पाण्डा पाउने बताउनुभयो ।

उहाँले चीन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने समेत बताउनुभयो । नेपाल र चिनको दुई पार्टी, सरकार र २ देशका जनताबीच थप सम्बन्ध विस्तार सुमधुर हुने मुख्यमन्त्री पोख्रेलले अपेक्षा गर्नुभयो । नेपालका प्रधानमन्त्री केपी ओलीले पनि यहीँ मान्यता राखेको भन्दै उहाँले यान सिटीका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणका लागि समेत निमन्त्रणा दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोमबार चिन भ्रमणमा रहेको प्रदेश ५ का मुख्यमन्त्री सहितको टोली असार २५ गते स्वदेश फर्कनेछ। टोलीमा संघ तथा प्रदेशका सांसदहरु, नेकपाका विभिन्न तहका नेताहरू, स्थानीय सरकार प्रमुख, पत्रकार लगायतको सहभागीता छ। मंगलबार प्रदेश नम्बर ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित गर्दै सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो। भ्रमण टोली सिचुवानपछि गोइझाउ प्रान्तको भ्रमण गरेर स्वदेश फर्कनेछ।

 

 

सिस्ने अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *