घोराहीका सडकमा फेरि ‘रिसिलिङ’ हुने

दाङ, १७ असार  ।  घोराही बजार क्षेत्रमा भैरहेको पुनः कालोपत्रेको काम गुणस्तर भएपछि चौतर्फी विरोध सुरु भएको छ ।  घोराही बजारका विभिन्न ६ वटा सडकमा फेरी कालोपत्रे गर्ने कार्यका लागि सम्झौता गरेको ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेपछि घोराही उपमहानगरपालिकाले आलोचना सहनु परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चौतर्फी बिरोध भएपछि घोराही उपमहानगरपालिकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम नगरेमा भुक्तानी रोक्ने चेतावनी दिएपछि ती सडकहरुमा पुनः कालोपत्रे गर्ने काम हुन लागेको हो । असार महिनाको अन्त्यमा आएर सडकमा पुनः गरिएको कालोपत्रे उम्किएको छ भने सडक झन जोखिमयुक्त बनेको छ । सडक पुनः निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेर गुणस्तरहिन काम गरेपछि सर्वसाधारणमा व्यापक गुनासो बढेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सर्वसाधारणले सामाजिक सञ्जालमा यस्तो कार्यको खुलेर बिरोध गरिरहेका छन् । योजना अन्र्तगत घोराहीको गुलेरियादेखि आर्मी ब्यारेक जाने सडक, सुपरटोल (सहिदमार्ग) सडक, बैंक रोड, जिल्ला अदालत देखि भिंग्रेली चौकसम्मको सडक, टाउन प्लानका केहि सडकहरुमा गरिएको पुनः कालोपत्रे गुणस्तरहिन छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्माण कम्पनीलाई घोराही उपमहानगरपालिकाले गुणस्तरयुक्त कालोपत्रे बनाउन आग्रह गरेको छ । सडकबाट अहिले गिट्टी सफा गर्ने र सडकमा गिट्टी बसेको नबसेको विस्तृत अध्ययन गरेर फेरी गिट्टी विछ्याउन आग्रह  गरेको ईन्जिनिएर रामधन श्रेष्ठले बताउनुभयो । काम गुणस्तर नभए बजेट निकासा रोकिने उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


असार मसान्त सम्म सिध्याउने गरी काम सम्झौता गरेको वेस्टर्न डेभलपमेन्ट कन्टूक्सन प्रालीले अहिले सडकबाट चिप्स  (मसिनो गिट्टी) उठाउन थालेको छ । गिट्टी नबसेको सडकमा फेरी मर्मत नगरेसम्म बजेट निकासा नगर्ने घोराही उपमहानगरपालिकाले बताएको छ । ‘हामीले सोँचे जस्तो काम भएको छैन, गुणस्तरमा समस्या देखिएको छ, सबैबाट गुनासो समेत आएको छ ।’

घोराही उपमहानगरपालिकाका ईन्जिनिएर श्रेष्ठले भन्नुभयो, ‘सडकको सेप मिलाउने, खाल्डाखुल्डी नपुर्दासम्म बजेट निकासा रोकिने छ ।’
तर निर्माण कम्पनीका प्रतिनिधि गणेश थापाले गिट्टी विच्छ्याएका २४ घण्टासम्म कुनै पनि सवारीका साधन नचलाउनु पर्ने बताउनुभयो । तर यात्रु र सवारी चालकहरुले अटेर गरेर ठुला गाडीहरु चलाएका कारण, ब्रेक लगाएका कारण अलकत्राले गिट्टी समाउन नसकेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाको ३० प्रतिशत र नेपाल सडक बोर्डको ७० प्रतिशत लगानीमा गरिएको यो कार्यको लागि एक करोड २१ लाख रुपैयाको बजेट थियो । तर बाजुराको गढीमालिकाको वेस्टर्न डेभलपमेन्ट कन्टूक्सन प्रालीले ७२ लाखमा ठेक्का सम्झौता गरेको
थियो ।

सडक पुनः कालोपत्रे गर्नका लागि आबस्यक पर्ने निर्माण सामग्रीको अभाव भएका कारण काममा ढिलो हुन गएको थापाले बताउनुभयो । सडकमा पुनः कालोपत्रे (रिसिलिङ) गर्ने न्युनतम मापदण्ड समेत नअपनाईएको पाईएको छ । जस्का कारण पुरानो पिच देखिएको छभने ठाउँ ठाउँमा खाल्टाहरु बनेका छन्, सडक कतै उठेको, छ कतै भासिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडकमा पुनः सडक कालोपत्रेका लागि राखिएको मसिनो गिट्टीका कारण अहिले सवारी दुर्घटना समेत बढेपछि स्थानीयबासीहरु आक्रोशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *