देउखुरीमा प्रचण्ड गर्मी, सर्वसाधारणलाई घर बाहिर निस्कनै मुस्किल

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, १७ असार | देउखुरीमा गर्मी चरमोत्कर्षमा पुगेको छ । देउखुरीका विभिन्न स्थानमा तापक्रम ४२ डिग्री सेल्सियस भन्दा उकालो लागेको छ । यो वर्ष देउखुरीको विभिन्न भेगहरुमा प्रचण्ड गर्मी भएको छ । घरबार नभएका व्यक्तिहरू गर्मीबाट धेरै पीडित भएका छन् । सडक व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तयारी खानाको व्यापार गर्ने कम्पनीका कर्मचारीहरू पनि सामान पु¥याउन घाममै हिँड्छन् । देउखुरीका अधिकांश क्षेत्रहरुमा मजदुरहरु छाता ओढेर काममा खटिएका छन् । देउखुरीमा गर्मी बढेसँगै जनजीवन प्रभावित र देउखुरीका केही क्षेत्रहरुमा पानीको सङ्कट भएको छ तर, मानिसहरू गर्मी छल्न पोखरी तथा खोलाहरुमा भेला हुने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरीमा बढ्दो गर्मीले सर्वसाधारणलाई घर बाहिर निस्कनै मुस्लिक पर्न थालेको छ । बिहान उज्यालो भएदेखि साँझसम्म लाग्ने चर्को घाम र उच्च तापक्रमका कारण देउखुरी क्षेत्रको जनजीवन दिनानुदिन कष्टकर बन्दै गएको हो । देउखुरीको तापक्रम ४२÷४३ डिग्री सेल्सीयससम्म पुग्दा सर्वसाधारण गर्मीले छटपटिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिनभरको चर्को घाम र उच्च तापक्रमले राती सुत्न समेत समस्या परेको सर्वसाधारणको गुनासो छ । अत्यधिक गर्मीले पठनपाठन समस्या उत्पन्न हुन थालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजार सुनसान बनेको छ । देउखुरीको लमही, भालुवाङ, अमिलिया, रिहार, सिँसहनिया मुख्य बजारक्षेत्र केही दिनदेखि सुनसान देखिएको व्यापारीहरुले बताएका छन् । गर्मीले मजदुर र किसानलाई दैनिक ज्याला मजदुरीमा निस्कन गाह्रो परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *