जेष्ठ नागरिकले पाएनन् यातयात र अस्पतालमा छुट

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

तुलसीपुर,१७ असार | तुलसीपुर उपमहानगरपालिका वडा नं ७ की सुमित्रा भण्डारी उमेरले ९२ वर्ष पुग्नुभयो । जेष्ठ नागरिक परिचयपत्र पाएको पनि धेरै वर्ष भयो । राज्यले जारी गरेको कानुनमा जेष्ठ नागरिकहरुलाई यातयात र अस्पतालमा ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख गरेको छ । तर राज्यले जारी गरेको कानुन केवल कागजमा माग सिमित छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

९२ वर्षीय सुमित्रा भण्डारी सधैसजो तुलसीपुर बृद्धा आश्रम जानुहुन्छ,त्यहाँसम्म जान उहाँलाई बस चढ्नुपर्छ, । तर यातायात व्यवसायीले जेष्ठ नागरिकलाई हेर्ने दृष्टी नै फरक छ । यातयातमा छुट दिनु त परै जावोस बसमा चढाउन समेत मान्दैनन् । यदि चढाइहाले पनि सिट दिदैन,उभिएरै यात्रा गर्न बाध्य बनाइदिन्छन,उहाँले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

म जस्ता जेष्ठ नागरिकलाई यातयात क्षेत्रमा मात्र होइन,विरामी भएर अस्पतालमा जादाँ पनि कुनै सेवा,सुविधा र छुट व्यवस्था छैन,उहाँले गुनासो गर्नुभयो । अस्पतालमा जादाँ यताबाट उता जानुस भन्छन,उताबाट यता । आफुलाई थाहा हुदैन कहाँ जाने ? कहिले त अस्पतालबाट उपचार नगरी फर्कनुपर्छ । त्यत्ती मात्र होइन अस्पतालहरुमा राज्यले निशुल्क दिएको औषधी समेत नपाएको भण्डारीको गुनासो छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै तुलसीपुर १६ की ६६ वर्षिय गोमादेवी भण्डारीको पनि पिडा उस्तै छ । २ छोरा १ छोरी सन्तान भएकी गोमादेवीको श्रीमान बितेको करिव २ दशकबढी भयो । श्रीमानको कलिलै उमेरमा मृत्यु भएपछि उहाँलाई छोरा छोरी हुर्काउन,पढाउन किनै कठिन भयो । उहाँले भन्नुभयो,–जनतन रातदिन अर्काको काम गरेर छोरा छोरी पढाए । बिहे पनि गरिदिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जागिर खानेसम्म बनाए । तर अहिले तिनै छोरा छोरीले नहेर्दा एक्लो जिवन बिताउन बाध्य भएकी छु । छोरा बुहारीले हेला गरेपछि एक्लै बस्छु । गाउँमा सानो घर छ तर अन्धकार छ । न विजुली बत्ती छ नत जिवन साहारा नै । गोमादेवीले दुखेसो पोख्नुभयो । उहाँको पिडा यत्ती मात्रै होइन । परिचय पत्र पाएको ५,६ वर्ष भइसक्यो तर कतै जानुपर्दा न यातयात व्यवसायीबाट छुट पाए नत विरामी हुदाँ अस्पतालमा जादाँ । उहाँले भावुक हुदै भन्नुभयो ।

यो समस्या सावित्रा र गोमादेवीको मात्र होइन । यी त जिल्लाका एक प्रतिनिधी पात्र मात्रै हुन । दाङमा जिल्लामा यस्ता ज्येष्ठ नागरिक धेरै छन । जो, परिचय पत्र पाएदा पनि कुनै कुरामा छुट पाएका छैनन् त कोही आफ्ना सन्तानबाटै अपहेलित हुने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुढेसकालको उमेरमा छोरा–बुहारीले घर निकाला गर्ने, बेलाबेलामा मानसिक यातना दिने, कुटपिट गर्ने, समयमा खाना नदिने, उनीहरुको भावना विपरीत काम गर्नेजस्ता समस्या ज्येष्ठ नागरिकले भोग्दै आएका छन ।

सामुदायीक सेवा केन्द्र तुलसीपुरले मगंलवार जेष्ठ नागरिकहरुसगं गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जेष्ठ नागरिकका हक हितका कुरा व्यवहारमा लागु हुनुपर्ने माग गरे । सामुदायीक सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की कार्यबहाक अध्यक्ष सावित्रा गुरुङ्ले जेष्ठ नागरिकको समस्यालाई कम गर्न वडाबाट विषेश पल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

७० वर्ष माथीका बृद्ध,बृद्धाहरुलाई यातयात र अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था राज्यले गरेको छ,यदि कसैले त्यस सेवाबाट बञ्चीत बनाएको खण्डमा सिधै कि वडामा,कि भने नजिकको प्रहरी चौकीमा जानकारी गराउनुहोस,उहाँले भन्नुभयो ।

यस्तै राप्ती सार्वजनिक बस व्यवसायी समिती दाङका अध्यक्ष सुरेस हमालले जेष्ठ नागरिकले पाउने छुटका लागी बस व्यवसायीसगं छलफल गर्ने र जेष्ठ नागरिकका हक हितका लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले आम यात्रुले दैनिक खेप्नुपरेको समस्यालाई मध्येनजर गर्दे सुधार्न तर्फ लाग्नु समेत बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी,तुलसीपुर उद्योग वाणिज्य सघंका सदस्य सपना भण्डारी,सहभागी मानप्रसाद भुसाल,लोकमणी पाण्डे,कृष्ण बहादुर डागीँ शखंर विवश मज्गैया,बालिका गौतम नवराज रजौरे लगाएतले बोल्नुभएको थियो ।

सामुदायीक सेवा केन्द्र तुलसीपुरका उपाध्यक्ष बसन्त खड्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य निरला अर्याल गैरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *