नवनिर्वाचित समितिले पानीको महुशुल घटाएपछि उपभोक्ता खुशी


तुलसीपुर, ४ असार | अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पानीको महशुल घटाएको छ । पदभार ग्रहणपछि बसेको पहिलो बैठकले आगामी साउन महिनादेखि लागुहुनेगरी दशहजार लिटरसम्मको न्युनतम शुल्क एक सय रुपैयाँ कामय गर्ने निर्णय गरेको हो । हाल उपभोक्ताहरुले न्युनतम शुल्क एक सय २५ रुपैयाँ तिर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्वाचनको समयमा नवनिर्वाचित समितिले आफुले चुनाव जितेमा पानीको हाल कायम रहेको शुल्क घटाउने उपभोक्ता सामु प्रतिवद्धता गरेको थियो । यसैविच उपभोक्ताले नवनिर्वाचित समितिले पानीको महशुल घटाएपछि उपभोक्ता खुशी भएका छन् । समितिको निर्णयले साढे चार सय उपभोक्तालाई खुशी तुल्याएको भन्दै उपभोक्ता महेन्द्र भन्डारीले आगामी दिनपनि लोकप्रिया काम गर्न आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा बसेको बैठकले अमुल्य मत दिएर विजयी गराउने सम्पुर्ण मतदाता, सहयोग गर्ने राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षाकर्मी, पर्यवेक्षक, निर्वाचन समितिलगाएतलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

बैठकले जागरण टोलमा सम्भवभएसम्म तत्काल डिबबोरीङ संचालन गरेर श्रवण टोल र बटोलपुरमा पानी पु¥याउने, सृजना टोलको माथिल्लो बस्तीमा नयाँ पाइपलाईन विस्तार, पाँच लाख लिटर क्षमताको अकासे ट्याँकी निर्माण, काम्लेमोरा र चोरखोलामा डिबबोरीङ संचालन, चुनेपहराको मुहान देखि भट्टे हुदै अश्वारा सम्म नयाँ पाइपलाईन विस्तार लगाएतका पुर्वाधार विकासका लागि वडा कार्यालय देखि तुलसीपुर उपमहागनरपालिका हुदै प्रदेश र संघिय सरकारसंग आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्वाचन समितिका संयोजक लालबहादुर डाँगीको अध्यक्षता एवम् तुलसीपुर उपमहागनरपालिका– ८ का वडाध्यक्ष वेदबहादुर केसीको प्रमुख आथित्यमा भएको कार्यक्रममा संयोजक डाँगीले नवनिर्वाचित कार्यसमतिलाई पद तथा गोपिनियताको सफत गराउनु भएको थियो । सो अवसरमा बोल्ने बक्ताले भेदभाव र पूर्वाहग्रही विना जनताको मन जित्नेगरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

जुनसुकै व्यक्ति निर्वाचित भएर आएपनि सोही गाउँको भएकाले सामाजिक काममा फुटेर भन्दा पनि जुटेर काम गर्दा समाजको भलाई हुने उनिहरुले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका निवर्तमान अध्यक्ष तिलकबहादुर बस्नेत, नवनिर्वाचित अध्यक्ष शिवहरी भण्डारी, निर्वाचन समितिका सदस्य चक्रबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटी सदस्य धर्म वली लगाएतले बोलेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *