नवीन अभिलाषी
दाङ, असार ४ । प्रदेश नम्बर ५ का प्रदेसभा उपसभामुख कृष्णी थारुले द्वन्द्वबाट प्राप्त भएका उपलब्धी र त्यसका सम्पुर्ण परिणामहरुको जिम्मेवारी लिने बताउनु भएको छ । द्वन्द्वमायौन हिंसा उन्मुलनका लागि अन्र्तराष्ट्रिय दिवसको अबसरमा घोराहीमा आयोजित द्वन्द्वपीडित महिलाको अधिकार र न्याय विषय कार्यक्रममा बोल्दै उपसभामुख थारुले विगतको द्वन्द्वबाट सिर्जना भएका परिणामको जिम्मेवारी दिनु पर्ने बताउनुभयो ।
बलिदानीबाट प्राप्त उपलब्धीले परिवर्तनलाई संस्थागत गर्नुको साथै द्वन्द्वमा धेरै महिला र बालबालिकाहरु यौनजन्य हिंसामा परेको, निर्दोषहरुले मृत्युवरण गर्नुपरेको, अपाङ र बेपत्ता हुनु परेका विषयहरुलाई पनि सरकारले मुख्य कार्यभारको रुपमा लिने बताउनुभयो । नागरिकहरुलाई विकास, अधिकार र न्यायसँग जोड्नका लागि कानुन बनाउनु पहिलो कर्तब्य रहेको उहाँको भनाई छ ।
विकासको अनुभुति दिलाउनका लागि कानुन र निति नियम निर्माण आबस्यक रहेको बताउँदै थारुले अन्यायमा परेकाहरुलाई समस्यामा पारेर कुनै पनि समृद्धिको कल्पना गर्न नसक्ने बताउनुभयो । महिला मानव अधिकार रक्षक सञ्जाल दाङ र महिला पुर्नस्थापना केन्द्र ओरेक दाङको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले द्वन्द्वका घाउहरु अझै पुरिन नसकेको बताएका थिए ।
सञ्जालका अध्यक्ष हुमा डिसीको अध्यक्षता एवं प्रदेश उपसभामुख कृष्णी थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु अमरबहादुर डाँगी, दामा शर्मा, सरस्वती गौतम, धमकली चौधरी र थामीकुमारी थापाले संक्रमणकालिन न्याय व्यवस्थापनका लागि पहल जारी राख्नुपर्ने बताएका थिए । कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सचिव लक्ष्मी आचार्यले अबधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
अबधारणा पत्रमका नेकपाका अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेसका कोषाध्यक्ष सावित्री राना, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, मानव अधिकार सञ्जालका संयोजक केशबकुमार शर्माले टिप्पणी गर्नुभएको थियो । ओरेकका कार्यक्रम संयोजक ईश्वरी थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सञ्जालका सचिब पद्मा चौधरीले गर्नुभएको थियो ।