द्वन्द्वपीडित महिलालाई क्षमता विकास तालिम


दाङ, असार ४ । द्वन्द्वपीडित महिलाहरुलाई लागि पैरवी तथा क्षमता विकास तालिम घोराहीमा सकिएको छ । तीन दिने तालिममा दाङका द्वन्द्वपीडित महिलाहरुको सभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दश वर्षे सशस्त्र युद्धका क्रममा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट पीडित तथा प्रभावित महिलाहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको आयोजक मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष भरतराज देवकोटाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश नं. पाँचका सामाजिक विकास शाखाको सहयोगमा भएको तालिमका प्रशिक्षकहरुमा मानव अधिकारकर्मी लक्ष्मी आचार्य, कुमारराज श्रेष्ठ, अनिता पोख्रेल रहनु भएको थियो । तालिमले आफ्नो अधिकारको पक्षमा वकालत गर्न सकिने सहभागी निर्मला थापाले बताउनुभयो । यस्तै सहभागी अनामिका चौधरीले पनि फलदायी भएको बताउनुभयो । तालिममा ३५ जनाको सहभागीता रहेको आयोजकले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *