घरबाट निकालिएकी बसन्तीको कथा

Blog Post Ad Blog Post Ad Blog Post Ad

नवीन अभिलाषी
दाङ, असार ४ । जीवनको ४४ वर्षपछि बसन्ती डिसीसँग न श्रीमान साथमा छन्, न छोराछोरी, न त घर नै । आफ्नै श्रीमान आफ्नो नभएपछि र आफैले जन्म दिएको छोराहरुले समेत आफ्नो नभनेपछि बसन्ती अहिले बेसहारा भएर न्याय खोज्नु परेको छ ।

आफूसँग बाँच्न पुग्ने कुनै सम्पत्ती समेत नभएपछि आफन्तको सहारामा बस्नुपर्ने बाध्यता आईपरेको छ बसन्तीलाई यतिबेला । देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ स्थित माथिल्लो भालुवाङकी बसन्तीले घर छोडेको तीन महिना भन्दा बढि भैसकेको छ । राप्ती गाउँपालिका वडा नंं ३ बनगाउँमा जन्मिएकी बसन्तीले २०४९ सालमा ताराबहादुर डिसीसँग मागि विवाह गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘विवाह भएपछि दुई छोरा र एक छोरी जन्मिए, त्यसपछि उहाँले अर्को विवाह गर्नुभयो ।’ बसन्तीले भन्नुभयो, ‘अहिलेसम्म जसोतसो सहेर बसेँ, कति सहनु ?, सहनै नसकेपछि घर छोडेर हिडेँ ।’ बसन्ती डिसीसँग विवाह गरेको करिव १७ वर्षपछि ताराबहादुर डिसीले अर्को विवाह गर्नुभयो । त्यहि बहुविवाहले बसन्ती डिसीलाई अन्ततः सडकमा पु¥यायो ।

श्रीमानले दोस्रो विवाह गरेको २३ वर्षसम्म बसन्तीले घर धानेर बसेको बताउनुहुन्छ । ‘म बनगाउँमै बसेँ, उहाँहरु भालुबाङ बस्नुभयो, उहाँको अर्को सन्तानपनि जन्मिए ।’ बसन्तीले भन्नुभयो, ‘दुई तर्फ बसेर किन खर्च बढाउनु भनेर भालुबाङसँगै बस्न गएँ, तर म माथि हिंसा भएपछि घरबाट निस्किन बाध्य भएँ ।’ गत फागुन २२ गते घरबाट निस्किनु भएकी बसन्ती फेरी फर्किएर जानु भएको छैन । उहाँ अहिले न्यायको लागि विभिन्न निकायहरुमा पुग्नु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यहि क्रममा न्याय माग्दै घोराहीसम्म आएर पत्रकारहरुसँग कुरा गर्दै बसन्तीले आफु माथि पटक पटक हातपात भएपछि घरबाट निस्किएको बताउनुभयो । घरबाट निस्किएकी बसन्तीलाई गढवा गाउँपालिका १ कालाकाटे निबासी हुमादेवि बुढाथोकी क्षेत्री (विष्णु विसी)ले आश्रय दिनुभएको छ ।

महिला पुर्नस्थापना केन्द्र दाङ (ओरेक) नेपालमा समेत यसअगाडी बसन्तीले १२ दिन आश्रय लिनु भएको थियो । ‘ओरेकको कार्यालयमा आएपछि हामीले करिव १२ दिन राखेर परामर्श पनि ग¥यौँ, पहिले भन्दा बोल्न सक्ने पनि हुनु भयो ।’ ओरेक दाङकी सुशिला आचार्यले भन्नुभयो, ‘न्यायीक समितिको छलफलमा म आफैले लिएर गएको हुँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहमती कार्यान्वयन भएन
गत चैत्र २२ गते राप्ती गाउँपालिकाको न्यायीक समितिमा छलफल चलायो । त्यो छलफल दोस्रो पटक थियो । छलफलमा दुवै पक्ष विच आधा कट्ठा जग्गामा सहमती भएको न्यायीक समितिका संयोजक जगदम्वा चौधरीले बताउनुभयो । विभिन्न कारणले आधा पीडित बसन्ती डिसीले आधा कट्ठा जग्गामै सहमती जनाएपछि न्यायीक समितिले फैसला ग¥यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फैसला अनुसार बैशाख महिनाको अन्तिमसम्म आधा कट्ठा जग्गा लिएर र सम्बन्ध विच्छेद गर्ने योजना रहेको बसन्ती डिसीले बताउनुभयो । तर अहिलेसम्म जग्गा प्राप्त नगरेको पीडितको भनाई छ । ‘विभिन्न घरायसी समस्याका कारण तत्काल जग्गा दिन नसक्ने बताउँदै आउनु भएको थियो, तर अहिलेसम्म पनि जग्गा पाईन ।’

‘वैशाख महिनाको अन्त्यमा आधा कट्ठा जग्गा दिने सहमती हो ।’ न्यायीक समितिका संयोजक चौधरीले फोनमा भन्नुभयो, ‘त्यसपछि त्यो मुद्धाको बारेमा हामीलाई थाहा छैन । उहाँहरु मालपोतसम्म जानु भएको हो, खै के कुरा मिलेन ।’ पहिले सम्बन्ध विच्छेद गर्ने त्यसपछि मात्रै जग्गा दिने भनेपछि आफुले नमानेको बसन्तीले बताउनुभयो । ‘पहिले सम्बन्ध विच्छेद गर्ने त्यसपछि मात्रै जग्गा दिने भन्ने कुरा आयो, त्यो हामीलाई ठिक लागेन, त्यसपछि हामीले अदालतमा मुद्धा दर्ता ग¥यौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

छोराहरुबाटै अपमान
विवाहपछि बसन्तीले एक छोरी र दुई छोरालाई जन्म दिनुभयो । छोराछोरी ठुला भए, अध्ययनका लागि कहिले भालुबाङ गए कहिले बुटवल । छोरीको विवाह भयो । ‘बाँकी दुई छोराहरुले पनि छोराको व्यवहार गर्दैनन्, मलाई नै दोषी देखाउछन् ।’ बसन्तीले आँखामा आँसु लिएर भन्नुहुन्छ, ‘म सँग न सम्पती न पैसा, किन मेरो पक्षमा बोलुन ?’

घरबाट निस्किएर बेसहारा बन्दा पनि छोराहरुले फर्किएर आउनुस् भनेनन् बसन्तीलाई । त्यसको पीडा त केहि थिएन, पीडा त त्यति बेला भयो, आफैले जन्मदिएको छोराले अर्कै आमाको नामबाट नागरिकता बनायो ।

बसन्ती डिसीले जन्मदिएको कान्छो छोरा भानु डिसीले जन्मदर्ता गराउँदा कान्छी आमा राधा डिसीको नामबाट नागरिकता बनाएपछि आफु अन्यायमा परेको बताउनुभयो । ‘एउटा कागज मलाई राख्न दियो, मैले पढ्न जान्ने कुरै भएन, अरुले तेरो छोराले अर्कै आमाको नामबाट नागरिकता बनाएछ भन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *