वडाध्यक्षको ठाडो आदेशमा रुख काट्ने र बाटो खन्ने काम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असार ४ । सामुदायिक वन उपभोक्ता महासंघ दाङले सञ्चालन गरेको हरियो वन कार्यक्रमको आयोजनामा सामुदायिक वन र स्थानीय सरकारबिचको सम्वन्ध बिषयमा देउखुरीको लालमटियामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्ने सामुदायिक वनका प्रतिनिधिहरुले स्थानीयबासी, वनकर्मी र समुदायिक वन समूहसँगको समन्वय बिना देउखुरीको केहि वन क्षेत्रमा बिकास निर्माणका योजना सञ्चालन गरेको गुनासो गरेका छन । उनीहरुले राप्ति गाउँपालिकाका निर्वाचित केहि जनप्रतिनिधिहरुले वन क्षेत्रमा सडक निर्माण,कुवा खन्ने काम लगायतका योजना स्थानीयबासी, वन समूह र डिभिजन वन कार्यालयका कर्मचारीहरु बिना सल्लाह एकतर्फी रुपले सञ्चालन गरेको गुनासो गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सामुदायिक वन उपभोक्ता महासंघ राप्तिका अध्यक्ष हरिप्रसाद भुसालले राप्ति गाउँपालिका वडा नं ९ का वडाध्यक्ष रिमबहादुर सुनारीले देविकोटमा स्थानीयबासी बिरोध र डिभिजन वन कार्यालयसँगको समन्वय बिना गाउँपालिकाको २५ लाखको बजेटमा वन क्षेत्रमा पोखरी खनिरहेको आरोप लगाउनुभयो । वनको सवालमा जनप्रतिनिधिहरु एकलौटी रुपले अघी बढेको भन्दै बक्ताहरुले समन्वयको खाचो औल्याएका छन । वडाध्यक्षको ठाडो आदेशमा रुख काट्ने, बाटो खन्ने काम भइरहेको अध्यक्ष भुसालले गुनासो गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्ने बक्ताहरुले वन क्षेत्रमा ढुङ्गा,गिट्टी,बालुकाको दोहन भइरहेको, वनका सवालमा सवै एकमत हुन नसकेको, वन ब्यवस्थापनमा एकमत नदेखिएको, वन डढेलो नियन्त्रणमा सवै एकजुट हुन नसकेको, बैज्ञानिक वन वनाउने नाममा वनाइएका कार्ययोजना बारे वन समूहका पदाधिकारी नै अनबिज्ञ रहेको, लाखौ रुपैया खर्चेर बनाइएका वैज्ञानिक वन ब्यवस्थापनका कार्ययोजना कपि पेस्टमा आधारित हुदा कार्यान्वयमा समस्या देखिएको गुनासो गरेका छन ।

सामुदायिक वन टाठाबाठाको मात्रै हाली–मुहाली हुने गरेको, बिपन्न र गरिव बर्गको निति निर्माण प्रक्रियामा सहभागिता हुन नसकेको, सामुदायिक वन काम भन्दा गफ गर्ने थलो मात्रै भएको टिप्पणी गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सामुदायिक वन उपभोक्ता महासंघ राप्तिका अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता एंव राप्ति गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा जिल्ला महासंघ दाङका प्रवक्ता हेमराज शर्माले सामुदायिक वन र स्थानीय सरकारबिचको समन्वयका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सहभागिहरुले कार्यपत्रमाथि टिप्पणी गर्दै राप्ति गाउँपालिकाभित्र सामुदायिक वन र बिकासमा देखिएका सवाल राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सुवेदीले आफूले वातावरण संरक्षणका लागि योजना बनाएर अघी बढेको भन्दै त्यसमा साथ दिन स्थानीयलाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्यक्ष कमलराज पोख्रेलले बैज्ञानिक वन ब्यवस्थानका नाममा सरकारले वनमा सर्पट कटान थालेको भन्दै सजक बन्न उपभोक्तालाई आग्रह गर्नुभयो । सव–डिभिजन कार्यालय लालमटियाका इन्चार्ज सहायक वन अधिकृत टेकन आचार्यले जनप्रतिनिधि, सामुदायिक वन र डिभिजन वन कार्यालयबिच वन क्षेत्रमा काम गर्दा समन्वयको खाचो औल्याउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गढका अध्यक्ष नवराज शर्मा, वन महासंघका सहजकर्ता डिल्लि डाँगी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा राप्ति गाउँपालिका भित्र रहेका सामुदायिक वन समूहका पदाधिकारी, डिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, गाउँपालिकाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला सचिव जानका के.सी.ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *