स्वास्थ्यमा ध्याद दिन आग्रह


दिप्तीशिखा चौधरी,
दंगीशरण, ४ असार । दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकालाई निरोगी र रक्तअल्पतामुक्त गाउँपालिका बनाउँनुपर्ने बताएकी छिन् । रक्तअल्पताले अझै पनि अधिकांश जनसख्या पीडीत रहेको भन्दै यसलाई न्युनिकरण गर्न तर्फ लाग्नुपर्ने बताईन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

किशोरी आईरन तथा फोलिक एसिड सम्बन्धि वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उपाध्यक्ष वलीले गाउँपालिकामा स्वास्थ्य शाखा, अस्पताल सबै जिम्मेवार संघसंस्था भएकाले गाउँपालिका भित्र रक्तअल्पताका बिरामीहरुमा कमी आउँनुपर्ने उनको धारणा थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हरेक मानिसको जीवन निरोगी हुनुपर्ने भन्दै उपाध्यक्ष वलीले स्वस्थ स्वास्थ्यमुखी गाउँपालिका निर्माणका लागि गाउँपालिकाले जस्तोसुकै कार्यक्रम गर्न तयार रहेको बताईन् । सो अवसरमा स्वास्थ्य शाखाका प्रमुख विष्णु क्षेत्रीले प्रदेश न. ५ मा उल्लेख गरिएको एक तथ्याङ्कका अनुशार २८ सय जनसंख्यामा ४४ प्रतिशतमा रक्तअस्पता भएको हुन सक्ने अनुमान गरीएको बताए ।


उनले यस रोगबाट बच्नका लागि खानपिनमा बिशेष ध्यान दिनुपर्ने भन्दै ६० प्रतिशत मिलीग्राम आईरनले रगतको मात्रा बढाउँने र ४ सय प्रतिशत माईक्रोग्राम फोलीक एसिडले बृद्धि विकाशमा महत्वपुर्ण भुमिका खेल्ने कुरा बताए । कार्यक्रममा सुआहाराका पोषण अधिकृत लील बहादुर नेपालीले रक्तअल्पताको प्रकोप र जनस्वास्थ्य समस्या,नेपालमा किशोरीहरुको रक्तअल्पताको प्रकोप २० प्रतिशतमा गम्भीर समस्या देखिएको , नेपालमा रक्तअल्पता बढ्दो अवस्थामा रहेको, विश्वब्यापी रुपमा नेपालमा व्यापक रुपमा रक्तअल्पता ६८.५ देखि ७० प्रतिशतमा भएको र १३ देखि २० प्रतिशतमा कमी आएको बारेमा जानकारी गराएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा किशोरीहरुलाई आईरन फोलिक एसिड वितरण्म गर्ने कार्यक्रम अन्र्तगत कार्ययोजना तयार गरिएको थियो । जसमा २०७६ अषाढ ८ गते भित्र हरेक बिद्यालयमा उपलब्ध गराईसक्नुपर्ने, किशोरीहरुको तथ्यांक यही हप्ता भित्र संकलन गरिसक्नुपर्ने, आईरन फोलिक एसिड खुवाउँन हरेक बिद्यालयमा अषाढ १० गते बाट शुरु गरी पहिलो चरणमा कात्तिक पहिलो हप्ता र दोस्रो चरणको समाप्त भईसकेपछि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जस्ता कुरा प्रतीवेदनमा उल्लेख गरिएको छ ।

१० देखि १९ बर्ष उमेर समुहका सबै किशोरीहरुमा यो रोग देखा पर्ने भन्दै आईरनको कमीले हुने रक्तअल्पताको नियन्त्रण मार्फत किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउँने, किशोरीहरुमा रक्तअल्पता न्युन गर्ने, पोषण शिक्षा मार्फत किशोरीहरुमा आईरनयुक्त खानाको सेवन गर्ने, व्यवहारमा सुधार ल्याउने, उद्देश्यका साथ गाउँपालिकको स्वास्थ्य शाखाको आयोजना तथा सुआहाराको आर्थीक सहयोगमा कार्यक्रम भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वास्थ्य शाखाका प्रमुख विष्णु क्षेत्रीको अध्यक्षता एंव गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *