दाङका २६ उजुरी अख्तियारमा


तुलसीपुर,४ असार ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा दाङका स्थानीय तहका २६ वटा उजुरी दर्ता भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा चालुआर्थिक बर्षमा दाङका २६ वटा उजुरी परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाका उजुरी परेका छन् ।अख्तियार नेपालगंजका सूचना अधिकरी कृष्णप्रसाद पौडेलका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका आठवटा उजुरी परेका छन ।

त्यस्तै घोराही उपमहानगरपालिका तीन, लमही नगरपालिका पाँच, बङ्गलाचुली गाउँपालिका एक, राजपुर गाउँपालिका तीन, राप्ती गाउँपालिका एक, शान्तिनगर गाउँपालिका चार र बबई गाउँपालिका तीन वटा उजुरी अख्तियारमा परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विकास निर्माणसंगै स्वास्थ्य र शिक्षाको जिम्मेवारीको बिषयमा बढि उजुरी परेका छन् । दाङमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मातहतका कार्यालयहरुको उजुरीे चार वटा रहेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका एकउटा रहेका छन् ।

अख्तियारले प्राप्त उजुरीहरु अनुसन्धानका लागि कागजात मगाउने, सोधपुछ गर्ने, निर्देशन दिने र थप कारवाही आवश्यक परे केन्द्रमा लेखी पठाउने गरेको छ ।भ्रष्टाचारको गुनासोपछि अख्तियारले ‘स्टिङ अपरेशन’मार्फत पनि भ्रष्ट कर्मचारीलाई ट्रयापमा पार्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालू आवमा मात्रै अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा दाङ, बाँके र बर्दियाका ३३८ वटा उजुरी परेका छन् । जसमा बाँकेका ७० र बर्दियाका २० उजुरी परेका छन् ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *