दाङमा दर्ता बिना नै होटल सञ्चालन, एक सातामा दर्ता गर्न निर्देशन

घोराही, असार ३ ।
दाङको घोराही बजारमा अनुमती विना होटल तथा रेष्टुरेन्टहरु सञ्चालन भएको पाईएको छ । पछिल्लो समय विभिन्न क्षेत्रको अनुगमनलाई निरन्तरता दिदै आएको घोराही उपमहानगरपालिकाले मंगलबार घोराही बजारका गरेको होटल तथा रेष्टुरेन्टहरुको अनुगमनका क्रममा दर्ता विना नै सञ्चालन भएको पाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साना होटल तथा रेष्टुरेन्टहरुको अनुगमनका क्रममा नगरपालिकामा दर्ता बिनै लामो समय देखी सञ्चालनमा रहेको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख होमलाल भुसालले जानकारी दिनुभयो । ‘लाखौँ रुपैयाको लगानी गरेर सञ्चालन भएका होटल र रेष्टुरेन्टहरुको समेत दर्ता भएको पाईएन ।’ उहाँले भन्नुभयो ।

व्यवसायी संस्था तथा कर कार्यालयमा दर्ता भए पनि उपमहानगरपालिकामा दर्ता नै नगरी पसल सञ्चालन गरेको पाईएको भुसालले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको भवन आसपासका आधा दर्जन होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गर्दा कुनैले पनि दर्ता गरेको नभेटिएको उहाँको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै होटलहरुले भान्छाहरु सफा नराखेको, शौचालय सफा नभएको, खानाका परिकारहरु बासी राखेको, खाने बस्तुहरु खुल्ला राखेको भेटिएपछि एक सातामा दर्तासँगै अन्य कमजोरीहरुलाई सुधार्न टोलीले निर्देशन दिएको छ । ‘होटलहरुलाई सुधार गर्नका लागि एक साताको निर्देशन दिएका छौँ ।’ भुषालले भन्नुभयो, ‘दर्ता विना सञ्चालन भएका होटलहरुलाई समेत तत्काल दर्ता गर्न निर्देशन दिएका छौँ ।’

उपभोक्ता शाखाका कर्मचारीहरु, वडा सदस्य सहित उद्योग बाणिज्य संघ र पत्रकारको टोलीले शिद्धबाबा होटल, धर्नाली शुसिला होटल एण्ड रेष्टुरेन्ट, सरोज रेष्टुरेन्ट एवं खाजाघर, भटराई नास्ता पसल र सन्तोष होटल एण्ड रेष्टुरेन्टको अनुगमन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *