दुई महिने कटाई सिलाई तालीमको समापन


देउखुरी | राप्ती गाउँपालिका वडा नं २ को आयोजनामा संञ्चालन भैरहेको दलित, जनजाती तथा विपन्न वर्गको लागि दुई महिने कटाई सिलाई तालीमको समापन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


वडा नं २ का अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ठ आथित्यता तालीमको समापन गरिएको हो ।
वडा नं २ का विभिन्न गाँउका १५ जनाको सहभागीता रहेको तालीम गत चैत्र २१ देखी सुरु गरिएको थियो । समापन कार्यक्रममा प्रशिक्षक अनिता चौधरीले तालीममा सिकाईएका ज्ञान तथा सहभागीहरुको लगनशिलताका बारेमा जानकारी गराए । साथै प्रशिक्षार्थी स्मीता चौधरीले सीप शिक्न पाउदा आफुहरु उत्साहित भएको बताइन ।


तालीम समापन कार्यक्रममा वडा नं २ का अध्यक्ष जगतबहादुर थापा, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीे, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले प्रशिक्षार्थीहरुको उज्वल भविश्यको कामना गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *