घोराही-तुलसीपुर महोत्सव : जब हेलिकप्टरले दाङ फन्को लगायो…

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, माघ १२ । दाङको तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा आइतबार उल्लेख्य दर्शकहरु सहभागि भए । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन हजारौ दर्शकहरुले मेलाको अवलोकन गरे । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतिले आयोजकहरुलाई समेत हौसाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उद्योग वाणिज्य संघले निमार्ण शुरु गरेको सभाहलको निर्माण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीतिले महोत्सवले लिएको लक्ष्य हासिल हुनेमा आयोजकहरु विश्वस्त रहेका छन् ।

तुलसीपुर महोत्सवको चौथो दिन सोमवारदेखि हेलिकप्टर यात्राको कार्यक्रम राखिएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले स्थानिय पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम मिलाईएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ । आयोजकका अनुसार भोलि देखि हेलिकप्टर मार्फत तुलसीपुर बजार परिक्रमा, स्वर्गदारी, धारापानी, पु्रन्धारा छहरा, खैरावाङ, कुपेण्डे ताल, रारा ताल, से फोक्सुण्डो ताल लगाएतका पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष बिर बहादुुर रावत बिरुले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवका आर्कषणका रुपमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनी, जुम्लाको अर्गानिक सामाग्री, बाल उद्यान, मौतका कुवा, होचि महिला ईश्वरी माया छिनाल, दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती, स्थानिय नृत्य प्रतियोगिता लगाएतका रहेका छन् । आज तुलसीपुरमा देवि घर्ति, टिका सानु, रिता केसी, रेश्मी तामाङ, कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, प्रेम विवस घर्ति, दिपक कुमाल, उमादेवि खनाल लगायतका कलाकारहरुले महोत्सवमा दर्शकहरुलाई आफनो प्रस्तुतिका माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरि महोत्सवमा दंगल अर्थात कुस्ती खेल समेत शुरु भएको छ । महोत्सवको ५०१ नम्वर स्टलमा आईतबारदेखि दंगल खेल समेत राखिएको छ । खेल हेर्नका लागि दर्शकहरुले ५० रुपैयाको टिकट काटनु पर्ने आयोजकले जनाएको छ । दैनिक ३ घण्टा भने निशुल्क रुपमा खेल हेर्ने व्यवस्था समेत गरिएको संयोजक अनुज खडकाले बताउनुभयो ।

महोत्सवमा तुलसीपुर एअरपोर्टको स्तर उन्नतिका लागी सरकारको ध्यानाकर्षण गराउने उदेश्यले दैनिक अतिथिहरु आमन्त्रण गरि प्रतिवद्धता जनाउने कार्यक्रम समेत शुरु गरिएको छ । जस अन्र्तगत आइतबार नेपाली कांग्रेसका नेता तथा सविधान सभा सदस्य बुद्धिराम भण्डारीले तुलसीपुर एअरपोर्टको स्तरोन्नतिका लागि काग्रेस पार्टी लागि परेको वताउनु्भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै महोत्सवमा आज सोमबार चर्चित दोहोरी गायक पशुपती शर्मा, राधिका हमाल, मौसमी राना, प्रशास कडेल, सिर्जना खत्री, कमल गाउँले सहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक ललितजंग शाहले जानकारी दिनुभयो ।

महोत्सवमा कलाकारसँग झुमे दर्शक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को तेस्रो दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु झुमेका छन् ।

महोत्सवको तेस्रो दिन गायक कमल खत्री, कृष्ण रेउले, श्रीजना खत्री ‘हाउडे माया’, गाइका तथा मोडल रुप घर्ती मगर, विजय पुन र एञ्जल सुमई मगरले प्रस्तुति देखाएको चेम्वर अफ कमर्स दाङका उपाध्यक्ष एवम् कार्यक्रम व्यवस्थापन तथा सांस्कृतिक समितिका संयोजक घनश्याम अधिकारीले जानकारी दिनुभयो । ‘तेस्रो दिन दर्शकहरुको थप उत्साहजनक उपस्थिति देखिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार मात्र नभएर स्थानीय प्रतिभाहरुलाई स्थान दिएका छौं ।’ महोत्सव मार्फत स्थानीय प्रतिभाहरुको उजागर गर्ने आँफूहरुको मूल उद्देश्य रहेको अधिकारीले जानकारी दिनुभयो ।

सोमवार महोत्सवमा राष्ट्रिय कलाकारहरु सन्दीप न्यौपाने, सहिमा श्रेष्ठ, रुपा घर्ती मगर, विजय पुन, एञ्जल सोमै मगरले प्रस्तुति देखाउने छन् । महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ साथै दोहोरी गित प्रतियोगिता समेत आयोजना गरिएको अधिकारीले जानकारी दिनुभयो । चेम्वरले पहिलो पटक आयोजना गरे पनि महोत्सव निकै उत्साहजन बन्दै गएको अध्यक्ष श्रीधर महराले बताउनुभयो । ‘हाम्रो लागि महोत्सव पहिलो अनुभव थियो, तर निकै व्यवस्थित ढंगले सञ्चालन भएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय उत्पादन र प्रतिभाहरुले राम्रो अवसर प्राप्त गरेका छन् ।’

यसैविच महोत्सवमा रक्त दानको कार्यक्रम समेत राखिएको चेम्वर अफ कमर्स दाङका महासचिव टिकादत्त खनाल ‘सागर’ ले जानकारी दिनुभयो । शनिवार र आइतवार चारजनाले रक्तदान गरेका छन् । रेडक्रस सोसाइटी घोराहीले रक्तदान गर्ने व्यवस्था गरेको छ । ‘रक्तदान गर्न चाहनुहुने सम्पूर्ण रत्तदाताहरुले चाहेको खण्डमा त्यहाँ गएर सम्पर्क गर्न सक्नुहुन्छ,’ उहाँले भन्नुभयो । महोत्सवमा वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) नरबहादुर केसीले अवलोकन गर्नुभएको थियो । उहाँलाई कोषाध्यक्ष एवम् अर्थ समितिका संयोजक विकास अग्रवालले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *