भुतपुर्व सैनिक सम्मेलन दाङमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, माघ १२ । नेपाली सेनाले दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाली सेना मध्यपश्चिम पितना बुटवलको आयोजनामा दाङको घोराहीमा रहेको रिपु मर्दन गण भरतपुरमा भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर आइतवार गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सेना सम्मेलन तथा स्वास्थ्य शिविरमा दाङ, रोल्पा, प्युठान, पूर्वी रुकुम, पश्चिम रुकुम र सल्यान जिल्लाका अवकास प्राप्त सैनिकहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागी अवकास प्राप्त सेनाहरुको स्वास्थ्य परिक्षणसँगै अपांग भूतपूर्व सैनिक तथा उनका अपांगता भएका सन्तानहरुलाई ह्वीलचियर समेत वितरण गरिएको थियो ।

भूतपूर्व सैनिक सम्मेलनलाई सम्वोधन गर्दै नेपाली सेनाका महारथी पूर्णचन्द थापाले नेपाली सेनाको विश्वसामु शिर उच्चो बनाउनका लागि भूतपूर्व सैनिकहरुको ठुलो त्याग, बलिदान र सम्र्पण रहेको बताउनुभयो । नेपालको राष्ट्रिय एकता, अखण्तालाई बचाउँदै शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली सेनाको शिरलाई उचो बनाउँदै भूतपूर्व सैनिकहरुको योगदानको सम्मानका लागि सेनाले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो । त्यस्तै महारथी थापाले नेपाली सेनाले आगामी दिनमा गर्न थालेका विभिन्न योजनाहरुको बारेमा समेत जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष दिगम्वर शम्शेर जवराले देशको राष्ट्रिय र अखण्डतालाई बचाउँदै नेपाललगायत विश्व समुदायमा शान्ति स्थापना गर्न भूतपूर्व सैनिकहरुले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । भूतपूर्व सैनिक सम्मेलनमा नेपाल सेनाका महारथी पूर्णचन्द्र थापाले अपांगता भएका भूतपूर्व नेपाली सेनाका जवान तथा उनका सन्तानहरुलाई ह्वीलचियर, बैशाखी वितरण गर्नुयभो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै कार्यक्रममा भूतपूर्व सैनिकहरुलाई उद्यमशिलतामा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको लघुविद्य कर्जा कार्यक्रम अन्तर्गत विभिन्न अवकार प्राप्त नेपाली सेना तथा उनको परिवारलाई तीन लाख रुपैयाँ सहयोगको चेक हन्तान्तरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाली सेनासँगै राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले नारु नृत्य, सरायो नाच, लाखे नाच, भुमे नाच, साँकेला नाच र टप्पा नाचसँगै सेनाले खुकुरी, तेक्वान्दो र पिटीलगायत प्रस्तुत गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *