२९ राउन्ड गोली लिएर जहाज चढ्न लागेका युवक पक्राउ

घोराही, १२ माघ | २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ परेका छन् । राइफलमा प्रयोग हुने गोली लिएर जहाज चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए । विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य वस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *