राम्रीमा फेरी दुर्घटना, एक महिलाको मृत्यु, ७ जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ४ । दाङको तुलसीपुरमा ट्याक्सी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । तुलसीपुरदेखि सल्यान जाँदै गरेको रा १ झ नम्बरको ट्याक्सी तुलसीपुर उपमहानगरपालिकाको पैयुँखरीमा दुर्घटना भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर सल्यान सडक खण्डको राम्री नजिकै पैयुखरीमा भएको दुर्घटनामा कपुरकोट गाउँपालिका ४ बस्ने गिता बुढाथोकीको मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाईते भएको तुलसीपुर स्थित सम्बाददाता जीतसागर जिएमले बताउनुभयो । घाईतेहरुको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । चालक फरार रहेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *