तुलसीपुर, ४ मंसिर | तुलसीपुरमा ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाका आफन्तले शब बुझन मानेका छैनन् । दोषिलाई कडा सजायको माग गर्दै उनिहरुले मृतक बालिका बिजिता केसीको शब बुझन नमानेको प्रहरीले जनाएको छ ।
पिडितलाई न्याय लागि छलफल भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिनुभयो । हिजो बिहान सवा ९ बजेतिर विद्यालय गइरहेकी तुलसीपुर उपमहानगरपालिका–७ शिबनगर बस्ने बेदबहादुर केसीकी १२ बर्षिया छोरी विजिता केसीलाई तुलसीपुर–५ सल्यान रोडको गोदाम घर नजिकै रा १ त १४३५ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते अबस्थामा अस्पताल पु¥याईएकी बालिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । ठक्करबाट बालिकाको मृत्यु भएपछि मृतकाका आफन्त र विद्यार्थीले दोषिलाई कार्बाही र पिडितलाई क्षतिपुर्तिको माग गर्दै दिनभर प्रदर्शन गरेका थिए ।
वैदेशिक रोजगारको शिलशिलामा मलेशियामा रहेका मृतक बालिकाका बुवा बेदबहादुर केसीले आफु नआउँदा सम्म कुनै सहमति नगर्न भनेपछि परिवारले शब नबुझेको तुलसी आवाशिय माविका सहायक प्रधानाध्यापक देवबहादुर केसीले जानकारी दिनुभयो ।
यसैबिच मृतक बालिकाको निधनप्रति विभिन्न संघ, संगठनले दुख व्यक्त गरेका छन् । ट्याक्टरको ठक्करबाट ज्यान गुमाएका बालिका बिजिता केसीप्रति तुलसीपुर उपमहानगरपालिकाले दुख व्यक्त गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले बिहिबार एक विज्ञप्ती जारी गरी बालिकाको निधनप्रति दुख व्यक्त गरेका छन् ।
यस्तै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले पनि दु्ख व्यक्त गरेको छ । संघका अध्यक्ष जनक खराल र महासचिव झलक केसीले बिहिबार एक विज्ञप्ती जारी गरी बालिकाको निधनप्रति दुख व्यक्त गरिएको हो ।
यसैगरी प्याब्सन तुलसीपुरले ट्याक्टरको ठक्करबाट ज्यान गुमाएकी बालिकाको निधनप्रति दुख व्यक्त गरेको छ । प्याब्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीले बिहिबार एक विज्ञप्ती निकाली मृतक बालिकाप्रति श्रद्धान्जली व्यक्तगर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् ।