प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० गतेदेखि २० गतेसम्म दाङको घोराहीमा महोत्सव हुने भएको हो ।


‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवको बारेमा महोत्सव मूल आयोजजक समिति एवं सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीको कृषि सामग्री कम्पनीको प्राङ्गन (मैदान) मा सञ्चालन हुने महोत्सवमा जिल्लाको पोल्ट्री सम्बन्धी, जिल्लाको कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने, यहाँको संस्कृतिलाई संरक्षण गर्ने र दाङ जिल्लाको पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्ने प्रकारका कार्यक्रम हुने छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा कृषि सम्बन्धी ८० देखि एक सयसम्म स्टल हुने आयोजकले जनाएको संयोजक बुढाथकेीले पत्रकार सम्मेलनमा बताउनुभयो । पोल्ट्री क्षेत्रमा अहिले दाङ नेपालको दोस्रो जिल्ला भएकामा यो महोत्सवले अब पहिलो स्थानमा पु¥याउन सहयोग गर्ने समेत आयोजकले अपेक्षा गरेको छ । महोत्सव स्टलहरुमा दाङसहित ५ नं. प्रदेशको पहिचान झल्कने पोल्ट्री, अन्य बस्तुहरुको प्रदर्शनी र विक्री, पोल्ट्रीजन्य उत्पादनको प्रशोधित बस्तुको प्रदर्शनी, पोल्ट्र्री सम्बन्धी जनचेतना जगाउने बस्तु, रमाइलाको लागि बाल उद्यान तथा संस्कृतिक कार्यक्रम पनि हुने छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा प्रवेश शूल्क ५० रुपैयाँ रहेको छ भने विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ३० रुपैयाँ कायम गरिएको छ । त्यस्तै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपाङ्गा भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने आयोजकले जनाएको छ । महोत्सव अवधिभर करीव २ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।


महोत्सव मूल आयोजक समितिका संयोजक निबहादुर बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ ‘भारी’, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको समितिका सहजीकरण सचिव चन्दन भण्डारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष महेन्द्र बुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *