बन मुद्धामा कारवाहीमा पर्ने भरिया मात्रै


रीता लामा
घोराही, पुस । डिभिजन वन कार्यालय दाङले गत आर्थिक बर्ष २०७६÷७६मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्धा दायर ग¥यो । अघिल्लो बर्ष २०७३÷७४मा पनि करिव ६४ जनाको विरुद्धमा मुद्दा चलायो । गत बर्ष १२० जनाको विरुद्ध ९३ वटा मुद्दा अदालतमा पेस गरेको जिल्ला वनले अघिल्लो बर्ष ६४ जनाको विरुद्ध २५ वटा मुद्धा अदालतमा दायर गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार विशेष गरि काठ चोरी गर्ने, काठ ओसार पसारमा संलग्न रहेका, जडिबुटि ओसारपसार, वनमा आगो लगाउने, वन पैदवारलाई हानी नोक्सानी पु¥याउने, वन क्षेत्रबा ढुंगा बालुवा ओसार पसारमा संलग्न, वन्यजन्तुको हाडछाला ओसारपसार र वन अतिक्रमण गर्नेहरु छन । तर ती पक्राउ परेका व्यक्तिहरु अधिकासं कामदारहरु रहेका छन ।


डिभिजन वन कार्यालयका मुद्धा फाटका प्रमुख माधव प्रसाद तिमिल्छिनाका अनुसार वन मुद्धामा पक्राउ पर्ने अधिकासं भरिया नै छन । जिल्लाका वन क्षेत्रमा ढुंगा, बालुवा ओसार पसार देखि जिल्ला बाहिरबाट चितुवा, हिउचितुवा, रेड पाण्डा, कस्तुरीको विना, रतुवा, कछुवाको छाला र दातँ ओसारपसारमा संलग्न पनि भरिया नै छन । ‘मालिकहरु आफै त्यस्तो काममा संलग्न हुदैनन ।’ प्रमुख तिमिल्छिनाले भन्नुभयो ‘भरियाहरु नै पक्राउ पर्छन, उनीहरुले मुख नखोल्ने र आर्थिक प्रलोभनमा अपराध स्वीकार गर्दा कारवाहीमा भरिया पर्ने गरेका छन ।’ ती भरियाहरु पनि पैसाको लोभमा परेर मालिकलाई जोगाउने गरेको उहाँको अनुभव छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वनजन्य अवैध सामाग्री ओसार पसारमा तस्करहरुले विशेषगरि महिला, बालबालिका वा अपांगता भएकाहरुलाई प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।  डिभिजन वन कार्यालयका अनुसार आर्थिक बर्ष २०७४÷७५ मा १२ सय ३० दाउरा र १ दशमलव २२ फिट चटटा, एक हजार ९७८ घिनफिट ढुंगा, मृगको छाला तीन र स्यालको छाला एक थान, बदेलको छाला तीन थान बरामद गरेको थियो । जसमा कार्यालय वनजन्य अवैध गतिविधिमा प्रयोग भएका १२ वटा टेक्टर, दुइ थान टिप्पर, दुइ थान मोटर साइकल, एक थान जिप, एक थान हाते आरा, एक थान बन्चरो बरामद गरेको थियो ।

डिभिजन वनले अघिल्लो बर्ष २०७३÷७४मा पनि एक सय ५० क्युफिट काठ, दाउरा, एक हजार १ घनफिट ढुंगा, मृग, स्याल, चितुवाको छाला पनि पक्राउ गरेको थियो । जसमा कार्यालयले वनजन्य अवैध गतिविधिमा प्रयोग भएका सात थान टिप्पर, एउटा मोटरसाइकल, आरा, हातेआरा बन्चरो समेत पक्राउ गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुनै पनि मुद्दा १८ महिना भन्दा बढी लम्व्याउन नपाउने कानुनी प्रावधान छ तर डिभिजन वन कार्यालयमा गत बर्ष २०७४÷७५ मा मात्र दुइ बर्ष नाघेका १९ मुद्धा अझै फच्र्यौट हुन बाकि छन भने ४३ मद्धा फच्यौट भैसकेका छन यसैगरि अघिल्लो २०७३÷७४मा बर्ष ४३ वटा मुद्धा दुइ बर्ष नाघेका छन भने ४३ वटा मुद्धा फच्र्याैट भएका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *