रक्तदानमा सक्रिय बन्दै युवाहरु


रीता लामा
घोराही, १३ पुस । घोराही उपमहानगरपालिका वडा नम्वर १४ निवासी नरेन्द्र पुनले १८ पटक रक्तदान गरि सक्नुभयो । ०५९ साल तिर साथीको बुवा गम्भिर विरामी परे पछि उहाँले बाध्यताले रगतदान गर्नुभएको थियो । त्यस पनि पनि उहाँले आवश्यकता अनुसार फाटफुट रक्तदान गर्नुभयो । तर गत बर्ष अर्थात ०७४ देखि उहाँले पत्येक तीन महिनामा रगत दान गर्दैआउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


‘रक्तदान मानविय सेवाको लागि गर्छु र त्यसमा मैले आत्म सन्तुन्तुष्टी पाउछु ।’ उहाँ भन्नुहुन्छ ‘विरामीका आफन्तले रगत नपाउद निन्याउरो अनुहार र पाइसके पछिको खुसिको अनुहार देखेरै गर्व महसुस हुन्छ ।’


रक्तदान उहाँ आफुले मात्रै गर्नुहुन्न अरुलाई पनि गर्नको लागि प्रेरेरित गर्ने खालका स्टाटस उहाँको फेसवुक वालमा पटक पटक हालिएको देख्न सकिन्छन । फुटवल महासंघ दाङका महासचिव समेत रहनुभएका पुन सामाजिक काममा सक्रिय व्यक्ती हुनुहुन्छ । त्यो भन्दा पनि बढी उहाँले रक्तदानको सेवालाई बढी चासो र चिन्ता गरेको देख्न सकिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


यस्तै पत्रकार जनक नेपाली पनि १५ पटक भन्दा बढी रक्तदान गरिसकेको बताउनुहुन्छ । कसैलाई समस्या पर्दा होस वा कुनै संघसस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँ रगत दिन पुगि सक्नुभएको हुन्छ । रक्तदान मात्रै होइन समस्या परेकाहरुलाई रगत खोज्नको लागि उहाँ सधै हतारिएको देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ ‘रगतको समस्यामा परेर छटपटाएका धेरैलाई बचाईसके ।’ समस्यामा परेकोलाई बचाउदा आफ्नो मनमा हुने सन्तुष्टी नै मुख्य भएको उहाँको अनुभव छ । उहाँले पनि रगत आवश्यकता प¥यो वा कसैलाई रगत चाहीयो भने खवर गर्नुहोला जस्ता स्टाटसहरु आफ्नो सामाजिक संजालमा पोस्टिरहनुभएको हुन्छ ।


यस्तै त्रिभुन नगर जेसिजका पुर्व अध्यक्ष एवम शिक्षक निसान्त आचार्य पनि रक्तदानमा निकै सक्रिय व्यक्ति हुनुहुन्छ उहाँले पनि करि २५ पटक भन्दा बढी रक्तदान गरिसक्नुभयो । अहिले उहाँले पनि प्रत्येक तीनतीन महिनामा रक्तदान गर्दै आएको बताउनुहुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


दाङमा पछिल्लो समय केही संघसस्थाहरु सक्रिय रुपमा रक्तदानमा लागेको पाइन्छ । आफनो स्थापना दिवस, बार्षिक उत्सव, अधिवेशन लगायतको नाममा संघसस्थाले रक्तदानलाई प्राथमिकता दिएको पाइन्छ । जसको कारण जिल्लामा रगतको आपुर्ति केही सहज हुन पुगेको छ ।


दाङमा विशेषगरि त्रिभुवन नगर जेसिज, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, होटेल व्यवसायी, विभिन्न स्कुल, कलेजहरु, विभिन्न समुह, क्लवले पनि रक्तदान गरिरहेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नियमित रक्तदान गरिहनुभएका फोटो पत्रकार कुलदीप न्यौपाने कोही विरामीलाई रगतको अभाव भैरहेको समयमा पनि रक्तदान गर्नुपर्छ भन्ने भावना स्वयम विरामीको आफन्तहरुमा नदेखिएको बताउनुहुन्छ । यस्तो अवस्थामा नियमित रक्तदानलाई बोलाएर भए पनि रगत दिन लगाउनुपरेको उहाँ सुनाउनुहुन्छ ।

रक्तदान गर्नको लागि जसलाई पनि साहै्र मेहेनत गरेर मनाउनुपरिरहेको उहाँको अनुभव छ । उहाँको अनुसार क्याम्पस, विद्यालय र युवा पुस्तामा रक्तदानको चेतना विस्तार गर्न जरुरी रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ब्लड वैंक दाङका सुपरभाइजर ठाकुर खनालका अनुसार दाङमा सबै भन्दा बढी रक्तदान गर्ने व्यक्तिहरुमा होटल व्यवसायी समितीका पुर्व अध्यक्ष जितबहादुर केसी हुनुहुन्छ भने महिलामा मनकामना होटेलकी कालिका खरेल । व्लड बैंक घोराहीका अनुसार केसीले ५० पटक र खरेलले २४ पटक रक्तदान गरिसक्नुभएको छ ।

सत्यसाइ केन्द्र लमहीकी चहाना श्रेष्ठ जसले १४ पटक रक्त गरिसक्नुभएको छ । यस्तै पत्रकार लोकराज पराजुलीले १५ पटक, कुलदीप न्यौपानेले १८ पटक, राजेश सिल्पाकार, सुमन पौडेल, प्रमोद श्रेष्ठ, बद्रि खड्का, धनबहादुर केसी, प्रकाश श्रीबन्द, गुरुप्रसाद चौधरी, गंगाराम भट्ठराइ, टिका बस्नेत, जनक नेपाली बसन्त प्रकाश चौधरी, दिलिप सापकोटा, दुर्गाप्रसाध चौधरी, सुदिप गौतम, प्रदिप श्रेष्ठ, गणेश श्रेष्ठ लगायतले १५ पटक भन्दा माथि रक्तदान गरिसक्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ब्लड बैंक घोराहीका अनुसार माथि उल्लेखित नाम ब्लड बैंकमा आफै आएर प्रत्येक तीन महिनामा रक्तदान गर्नेहरुको हो । त्यसैगरि अन्य केही व्यक्तिहरु पनि निरन्तर सम्पर्कमा रहने र रक्तदान गर्ने गरेको बैकका ठाकुर खनालले जानकारी दिए ।

स्वास्थ्यका हिसावकाले १८ बर्ष माथिका र ६० बर्ष नपुगेका ४५ किलो तौल भएका जुनसुकै व्यक्तिले रक्तदान गर्न सक्ने बताइन्छ । २०५९ साल दाङमा स्थापना भएको रक्तसंचारको सेवामा काम गरिरहेको संस्था नेपाल रेडक्रस सोसाइटी दाङले विभिन्न संघ सस्थाको सहयोग तथा समाजसेवी रक्तदाताहरुबाट उक्त रगतजम्मा गरि रगत वितरण गर्ने काम गर्दै आएको छ ।

घोराहीमा गत आर्थिक बर्ष २०७४।७५मा २१ सय प्वाइन्ट रगत अर्थात ७ लाख ३५ हजार मिलिलिटर रगत खपत भयो । गत भदौ महिनामा तुलसीपुरमा स्थापना भएको व्लड बैंकबाट पनि साढे दुइ सय प्वाइन्ट रगत विरामीसम्म पुगेको छ । यो माथिको तथ्याग हेर्दा जिल्लामा सरदर मासिक दुइ सय देखि दुइसय ५० प्वाइन्ट सम्म रगतको आवश्यकता पर्दो रहेछ ।

रेडक्रस सोसाइटी दाङले घोराहीमा स्थापना गरेको व्लड बैंकमा मुस्किलले मासिक रुपमा ३० देखि ३५ जनासम्म नियमित रक्तदाता छन । व्लड बैकका प्रमुख दिलिप न्यौपानेले दिएको जानकारी अनुसार नियमित रक्तदान गर्न आउनेबाट मासिक रुपमा ३० देखि ३५ प्वाइन्ट रगत मात्रै जम्मा हुन्छ ।

त्यसबाहेकको रगत जम्मा गर्न ब्लड बैकलाई सधै हम्मे हम्मे पर्ने गर्दछ । तर पनि नियमित रक्तदान गर्ने युवाको जमात बढ्दै जादा भने कही सहज भएको स्वयम ब्लड बैंक कर्मचारीहरु बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *