कागजमा मात्र सीमित खुला दिसामुक्त अभियान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ असोज | अर्बौ खर्च गरेर देशलाई खुल्ला दिसामुक्त घोषणा गरिए पनि धेरै नागरिक चर्पी र पानीको पहुँचभन्दा बाहिरै छन् । पहाडका बस्तीहरुमा शौचालय त बनेका छन् तर पानीको समस्याले शौचालय प्रयोगविहीन छन् । तराईका जिल्लाहरुमा अझैँ ३० प्रतिशत घरमा शौचालय बनेकै छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा खुल्ला दिसामुक्त क्षेत्र घोषणा नै लाजमर्दो भएको छ । देशलाई खुल्ला दिसामुक्त बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त समन्वय भएको देखिँदैन । संयुक्त राष्ट्रसंघले तयार पारेको सहश्राब्दी विकास लक्ष्य अनुसार नेपालले सन् २०१६ भित्रैमा देशलाई पूर्ण सरसफाईयुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारको दाबी अनुसार ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनिसकेको छ । सरकारको दावी अनुसार सबैभन्दा धेरै प्रदेश नं. ३ मा १६ लाख २२ हजार १ सय ९३ घरमा चर्पी छ भने सबैभन्दा कम प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । तर, विभिन्न अध्ययन अनुसार ५० लाख घरमा अझैं शौचालय बनेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *