दाङसहित तीन जिल्लामा सामाजिक सेवा शाखा थप

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ असोज | सरकारले यस वर्ष थप तीन जिल्लामा सामाजिक सेवा शाखा थप गरेको छ । ३२ वटा अस्पतालमा सञ्चालन हुँदै आइरहेको सेवा अब ३५ वटा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो वर्ष डडेल्धुरा अस्पताल, गौर अस्पताल र तुल्सीपुरको राप्ती प्रादेशिक अस्पतालमा सेवा थप गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सामाजिक सेवा एकाइबाट विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, लैगिक हिंसा पीडित (बालबालिका) महिला स्वास्थ्य स्वयमसेविका, प्राकृतिक प्रकोप, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी (अभिभावक नभएको), सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजातीलगायतका व्यक्तिहरूले निशुल्क स्वास्थ्यसेवा लिँदै आइरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मन्त्रालयले थप चार अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरेको छ । यसअघि १२ अस्पतालमा सञ्चालन हुँदै आएको जेरियाट्रिक वार्ड मेची, जनकपुर, हेटौंडा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप गरिएको मन्त्रालयले जनाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *