घोराही, २० भदौ | मानव बेचबिखन तथा ओसार पसार बिरूद्दको १३ औ राष्ट्रिय दिवस मनाइएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा आज विहान कार्यक्रम भएको थियो । घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानलेका अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले पछिल्लो समय वेचविखनका घटनाले स्वरुप परिर्वतन गरिरहेको, नयाँ नयाँ तौरतरिकाबाट व्यक्तिहरु बेचविखनमा पर्ने गरेका बताए । उनले सबै क्षेत्रको पहल विना मानव वेच विखन जस्तो जोखिमको घटना रोक्न नसकिने बताए ।
कार्यक्रममा देशको मानव वेचविखनको अवस्था बारे जानकारी दिदै प्रहरी प्रमुख जनक भट्राईले मानव अधिकारवारे भएका अन्तराष्ट्रिय सन्धी सम्झौताको बारेमा जानकारी गराएका थिए । उनले देश भित्र र देश बाहिर भैरहेको मानव वेचविखनको अवस्थाको तथ्याङ्क सहित जानकारी गराएका थिए । प्रहरी प्रमुख भट्राईले दिएको जानकारी अनुसार २०६८ देखि ०७४ सम्म देश भर १३७२ जना वेचबिखनमा परेको र ०७४÷७५मा देशभर २९७ जना व्यक्तिको बेचबिखन भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
यस्तै जिल्लाको मानव वचेविखनको बारेमा जानकारी दिदै प्रहरी प्रमुख भट्राईले अघिल्लो बर्ष तीन, गत बर्ष तीन जना बेच विखनमा परेको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएको जानकारी दिए । उनका अनुसार विश्वमा बार्षिक ४० करोड मान्छे बेचबिखनमा पर्ने गरेका जानकारी दिए ।
प्रहरीका अनुसार विशेष गरी कमजोर आर्थिक अवस्था भएका, चेतनाको कमी, मानव वेचविखनमा भैरहेको कारणबारे अध्ययन अनुन्धानको कमी, कानुनको अनविज्ञता जस्ता कारणले पनि मावन वेचविखनका घटना बढेको बताए । यस्तै देशमा मानव वेचविखनको एकिन तथ्याङ्कको अभाब रहेको उनले बताए । साथै वेचबिखनमा परेकालाई फेरी समाजमा स्थापित गर्नको लागि निकै समस्या हुने गरेको उनले अनुभव पनि सुनाए ।
कार्यक्रममा सामी परियोजनाकी बसन्ता पुनले अदक्ष जनशक्ती बैदैशिक रोजगारमा जाने गरको र जसको कारण बेचविखनको शिकारमा पर्ने गरेका बताईन । महिला मानव अधिकार रक्षक जिल्ला अध्यक्ष हुमा डिसीले आफ्नै मान्छेहरूले महिला-बालबालिकालाई वेचबिखन गरेको घटना बढी रहेको बताईन । साथै उनले अब प्रत्येक टोलटोलका व्यक्तिहरू सचेत हुनु पर्ने, मानव वेचविखन विरुद्धमा सबैलाई चेतना विस्तारको आवश्यकता रहेको बताईन ।
कार्यक्रमको सचालन घोराही उपमहानगरपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मोति बिश्वकर्माले गरेकी थिइन ।