दूधको मुल्य बढाउँदै सरकार, मुल्य निर्धारणका लागि कार्यदल गठन


तुलसीपुर, ३० साउन | सरकारले दुधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषि तथा पशुपञ्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले गठन गरिएको कार्यदलले दिएको सुझावका आधारमा दूधको नयाँ मूल्य निर्धारण गरिने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गर्नुपर्ने कृषि मन्त्रालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *