हिंसामा परे उजुरी गर्न आयोगको आग्रह


तुलसीपुर, ३० साउन | राष्ट्रिय महिला आयोगले शारिरीक वा मानसिक हिंसामा परेका महिलालाई आफूलाई परेको हिंसाबारे उजुरी गर्न आग्रह गरेको छ । महिला माथि हुने जुन सुकै हिंसामा कमि ल्याउन र हिंसामा परेकालाई न्याय दिलाउन सम्बन्धीत निकायमा उजुरी गर्न आवश्यक रहेको आयोगको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हिंसामा परेका महिलाले प्रहरी, न्यायिक समिति, महिला आयोग लगाएत सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन् । राष्ट्रिय महिला आयोगका प्रवक्ता लक्ष्मी पाण्डेले हिंसामा परेका महिलाले अर्को महिलालाई पनि हिंसामा पर्न बाट जोगाउने हो भने उजुरी नै सबै भन्दा उपयुक्त माध्यम भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफूले भोगको हिंसाका बारेमा उजुरी गर्नेहरु निकै कम रहेका पनि आयोगले जनाएको छ । सार्वजनिक स्थल, घर, परिवार वा जहाँकुनै पनि आफूमाथी जुनसुकै किसिमको हिंसा भए १४१५ मा फोन गर्न सकिने आयोगले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *