घर घरमा मदिरा चेकिङ…


दाङ,३० साउन । घोराही उप महानगरपालिका वडा नं १८ गिठेपानी, फुर्सेखालीमा घर घरमा पुगेर मदिरा उत्पादन तथा विक्री वितरण भए नभएको वारेमा जानकारी लिन थालिएको छ । मदिरा उत्पादन, विक्री वितरण र सेवन गर्ने कार्यलाई रोक्नका लागि यसरी घर घरमा चेकिङ सुरु गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


यसअघी नै त्यस क्षेत्रमा मदिरा उत्पादन, विक्री वितरण तथा सेवनमा रोक लगाउन भन्दै माइकिङ, गाऊ भेला, घर घरमा पुगेर सम्झाउने कार्य गरि सकिएको थियो । यति गर्दा पनि केही स्थानमा अझै घरेलु मदिरा तथा जाड रहेको सूचना प्राप्त भएपछि प्रहरी सहित घर घरमा पुगेर जफत गरिएको हो । यस्तो सूचना फेरि पनि प्राप्त भएमा यसैगरी पुनः घरघरमा छापा मारिने जानकारी त्यस अभियानका अभियन्ता दिनेश अधिकारीले दिएका छन् ।


वुधवार विहानैवाट साझसम्म घर घरमा पुगेर चेक गरिएको थियो । टोलविकास संस्थाहरुका पदाधिकारीहरु, स्थानिय वासीन्दाहरु तथा वडा प्रहरी कार्यालय घोराहीका प्रहरी सहितको टोलीले घर घरमा पुगेर मदिरा उत्पादन, विक्री वितरण भए नभएको वारेमा जानकारी लिन थालिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनुगमनका क्रममा केही स्थानमा घरेलु मदिरा तथा मदिरा वनाउनका लागि कच्चा पदार्थको रुपमा रहेको जाड र भाँडा समेत जफत गरिएको सुरक्षा स्वय सेवक समितीका सचिव दिनेश वलीले जानकारी दिए । जफत गरिएको सामाग्री वडा प्रहरी कार्यालयमा ल्याइएको उनको भनाइ रहेको छ । वडा प्रहरी कार्यालय घोराहीले मदिरा भन्दा पनि मदिरा वनाउनका लागि प्रयोग गरिने जाँड वढी रहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गिठेपानी फुर्सेखालीमा रहेका १० वटा टोलविकास संस्थाले संयुक्त रुपमा साउन २ गते निर्णय गरेर अभियान थालेका हुन । उक्त क्षेत्रमा रहेका खरकट्टी टोलविकास संस्था, दिदी वहिनी टोलविकास संस्था, गाऊवेसी टोलविकास संस्था, प्राचिन भयर स्थान टोलविकास संस्था, सुनडवरी टोलविकास संस्था, मिलीजुली टोलविकास संस्था, जलुके टोलविकास संस्था, गिठेपानी टोलविकास संस्था, लेकवेसी टोलविकास संस्था, गैरावारी सिंचाइ डयाम टोल विकास संस्थाले यस्तो निर्णय गरेका हुन । यस अभियान लाइ घोराही उप महानगरपालिका वडा न ं १८ को कार्यालय तथा वडा प्रहरी कार्यालय घोराहीले पनि सहयोग गदै आएको छ ।


उक्त क्षेत्रमा मदिरा संगै लागु औषध सेवन तथा ओसार प्रसार, तास खेल्न तथा क्यारामवोर्ड खेल्न समेत रोक लगाइएको छ । नियम उल्लङघन गर्ने लाई कारवाही गरिने सुरक्षा स्वयसेवक समितीका सदस्य दिनेश वलीले बताए । नियम उलङघन गर्नेलाई पहिलो पटकलाई ५ हजार र क्रमश दोब्वर जरिवाना गरिने वलीको भनाइ रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिलो चरणमा गाऊमा माइकिङ गरिएको र प्रत्येक टोल विकास संस्थाहरुमा सचेतना मुलक वोर्ड समेत राखिएको छ । यस प्रकारको अभियानमा गाऊलेहरुको समेत सहयोग गदै आएका छन् । मदिराले समाजमा नकारात्मक प्रभाव पर्ने भएकाले यस प्रकारको अभियान थालेको स्थानिय वासीन्दाहरुको भनाइ रहेको छ ।

‘मदिरा तथा लागु औषध सेवन गरि पछिल्लो युवा पुस्ताहरु समेत विग्रान थालेको भन्दै युवाहरु लाइ वचाउन यस प्रकारको अभियान थालेका हौ’ वलीले भने । यस प्रकारको अभियानमा स्थानिय वासीन्दाहरुले समेत सहयोग गर्ने गरेको उनको भनाइ छ । अहिले गाऊमा गाऊलेहरुले रात्रीकालिन गस्ती समेत गर्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *