दाङका दुई हजार बढीलाई रोजगारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ३ असार ।
दाङमा प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु वर्षमा करिब २ हजार बढीले रोजगारी पाएका छन् । रोजगारीका लागि आवेदन दिएका मध्ये नौ स्थानीय तहमा २ हजार १ सय ११ ले रोजगारी प्राप्त गरेका छन् । राप्ती गाँउपालिकाबाट अझैपनि रोजगारीका लागि छनौट संख्याको तथ्याङक आएको छैन् ।

प्राप्त तथ्याङक अनुसार तुलसीपुर उपमहानगरमा सबैभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । चालु वर्षको एक महिनाका लागि तुलसीपुर उपमहानगरपालिकामा ६ सय जनाले रोजगारी पाएका हुन् । सरकारले बेरोजगारलाई कम्तिमा एक सय दिनको रोजगारी दिने गरी ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु वर्षमा घोराही उपमहानगरबाट ४ सय ७५ जनाले रोजगारी प्राप्त गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै लमही नगरपालिकाबाट २ सय जना, शान्तिनगर गाँउपालिकामा २ सय ७० जना, बबई गाँउपालिकामा १ सय ४ जना, दंगिशरण गाँउपालिकामा ३ सय जना, राजपुर गाँउपालिकाबाट २ सय ३६ जना , बंगलाचुली गाँउपालिकाबाट ९० जना र गढवा गाँउपालिकामा ३६ जनाले चालु वर्षमा रोजगारी प्राप्त गरेका छन् । रोजगारका लागि छनौटमा परेकाले सडक, खानेपानी, भवन निर्माण, सरसफाई , वृक्षारोपन लगायतका काम गर्नुपर्ने रोजगार संयोजकहरुले जनाएका छन् ।

दाङका दश स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, बबई गाँउपालिका,बंगलाचुली गाउँपालिका, गढवा गाउँपालिकाले रोजगार कार्यक्रम शुरुवात गरिसकेका छन् भने बाँकी स्थानीय तहले कार्यक्रम संचालनको तयारीमा रहेका छन् । रोजगार कार्यक्रमका लागि दाङका दश स्थानीय तहमा तीन करोड बढी बजेट प्राप्त भएको छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *