पानी नपरेपछि दाङ देउखुरीका किसानले राख्न थाले धुले ब्याड

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी, असार २ । पानी नपरेपछि दाङ देउखुरीका किसानले धुले ब्याड राख्न थालेका छन् । असार लागिसक्दा पनि मनसुन शुरु नहँुदा किसान चिन्तित भएका छन् । गत बर्षहरुमा रोपाइँ शुरु हुने यो समयमा मनसुन शुरु नहुँदा किसानले धुले ब्याड राखेर मनसुन कुरेर बसिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती नदीले सिंचाइ हुने प्रगन्ना कुलो सिंचाइ क्षेत्र अन्तरगर्तका राप्ती गाउँपालिकाका केहि स्थानमा रोपाइँ शुरु भइसकेको छ । त्यसबाहेक लमही नगरपालिका,गढवा गाउँपालिका र राजपुर गाउँपालिका क्षेत्रमा रोपाइँ शुरु भएको छैन । दाङ उपत्यकामा भने देउखुरीको तुलनामा ढिलो रोपाइँ हुने गर्दछ ।


किसानले मौसम शुरु नहुँदा चिन्ता व्यक्त गर्न थालेका छन् । गत सालहरुमा यो समयमा ब्याड रोप्ने भइसकेको हुन्थेयो यस बर्ष धुले ब्याड राखिएको छ, पानी परेको छैन यही अवस्थामा रोपाइँ गर्न सक्ने अवस्था छैन , लमही नगरपालिका देउपुरका ६ का कालीप्रसाद चौधरीले भन्नुभयो । यसो त लमही ६ कै दोलेन्द्र चौधरीले राखेको धानको धुले ब्याड बढीसकेको छ । दैनिक खानेपानीले सिंचाई गर्नुपर्ने अवस्था रहेको बताउने उहाँले पानी नपरेर यस वर्ष रोपाइँ ढिलो हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ब्याड राख्नको लागि पहिले दुइ तीन दिन सम्म धान भिजाउन पर्ने र टुसा आएपछि छर्ने हुन्छ । तर केही किसानले भिजाएको धानको विउ फाल्न पर्ने अवस्था आएको बताए । धुले विउ राख्न पनि सिंचाईको आवश्यकता पर्ने तर इनारमा पनी पानी सुकेका कारण पानीको श्रोतको अभाव भएको ठाउँमो धुले ब्याड राख्न नसकेको किसानले बताए ।


कृषि विज्ञले भने हिले ब्याडको तुलनामा धुले ब्याड राख्नु नै उत्तम हुने बताउँछन । अहिले मौसम शुरु नभएर धुले ब्याड राख्न थालिएको भएपनि धुले ब्याड नै उत्पादनको हिसावले राम्रो हुने कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णवहादुर बस्नेतले बताउनुभयो । हिले ब्याड परम्परागत रुपमा चल्दै आएको हो, धुले ब्याडको विउले सुख्खापन पनि सहन सक्ने क्षमता राख्छ,उहाँले भन्नुभयो । हप्तामा दुई पटक सिंचाइ गरे पुग्ने र गोडमेल गरेर झार हटाउने हो भने धुले ब्याड नै राम्रो हुने,प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अझै पनि रोपाइँको लागि समय रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । दाङमा साउन महिनामा पनि रोपाइ गर्न सकिने कृषि ज्ञानकेन्द्रको भनाइ छ । २१ दिन देखि २५ दिनको ब्याड रोप्दा उत्पादनको हिसावले राम्रो हुने भएकाले धान रोपाइंको लागि मौसम कुर्दा ढिलाई नहुने कृषि विज्ञहरु बताउँछन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *