घोराही ९ को आन्द्राभरैया शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

घोराही, १८ मंसिर| घोराही उपमहानगरपालिका वडा नम्बर ९ को आन्द्राभरैयामा निर्मित शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा एक कार्यक्रम गरि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।

Blog Post Ad

Blog Post Ad

उपमहानगरको ११ लाख र स्थानियको ५७ हजार ८ सय ९४ रुपैयाँ गरि ११ लाख ५७ हजार ८ सय ९४ रुपैयाँको लागतमा तीन कोठे भवन र दुई वटा शौचालय निर्माण गरिएको हो । भवन उद्घाटन गर्दै नगर प्रमुख चौधरीले व्यक्ति व्यस्थ भए मात्रै विकासको गति बढ्ने बताउनुभयो ।

सकभर रोग लाग्नै नदिने गरी स्वास्थ्यको हेरचाहमा ध्यान दिन नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो । जनताको घर नजिकैबाट प्रभावकारी स्वास्थ्य सेवा दिने योजनामा घोराही उपमहानगर रहेको भन्दै उहाँले त्यसको संरक्षण तथा व्यवस्थापनमा स्थानियहरुको भुमिका अहम हुने बताउनुभयो ।

कोही पनि बिरामी उपचार नपाएर छटपटाउने अबस्था आउन नदिन स्थानिय सरकार सचेत रहेको भन्दै स्थानियहरुलाई खानपिन, सरसफाई र शारिरीक अभ्यासमा बिषेश ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य पशुपती चौधरी, उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर डाँगी, शिक्षक मानबहादुर कार्की, स्थानिय दामोदर डाँगी, लोकबहादुर बस्नेत लगाएतकाले स्वास्थ्य नै धन भएको बताउनुभयो ।

स्थानियहरुले वडा नम्बर ९ को आन्द्राभरैया विकट क्षेत्र रहेको भन्दै स्वास्थ्य, शिक्षा, सडक, पानी र विजुलीमा ध्यान दिन स्थानिय सरकार सँग माग समेत गरेका छन् । वडा सदस्य मधुमती गौतमको स्वागत बाट सुरुभएको कार्यक्रमको सहजिकरण वडाका कर्मचारी सीता चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *