‘ हामीलाई स्थानीय तहले पनि छुट्टायोे ’

यमकला भुसाल,

Blog Post Ad

तुलसीपुर,  मंसिर । अपागंता भएका व्यक्तीहरुलाई स्थानीय तहले पनि छुट्याएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका हुन । २७ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सोमबार तुलसीपुरमा भएको कार्यक्रममा बोल्दै अपाङ्गता भएका ब्यक्तिहरुले यस्तो गुनासो गरेका हुन ।

Blog Post Ad

नीति र नियम थुप्रै बने पनि कार्यान्वयन नभएको उनीहरुको भनाई थियो । उनीहरुले सरकारी कार्यालयमा अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका ब्यक्तिहरुले सेवा लिन सक्ने अबस्था नभएको भन्दै अपाङ्गमैत्री संरचना हुन आबश्यक रहेकामो जोड दिए । अपागंता भएका व्यक्तीहरुको स्थीती पशुंपक्षीको जस्तो भएको गुनासो गर्दे उनीहरुले अपागंताहरुका लागी बनेका कानुन कार्यान्वय हुनुपर्ने माग समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य हिराचन्द्र केसीले अहिले सरकारले नीति निर्माण गरिरहेको छ, नीति निर्माण भएपछि कार्यान्वयनमा आउने छ । त्यसपछि सबै बर्गका आवाजहरु पूर्ण रुपमा सम्बोधन हुने उनले बताए । साथै उनले हिजोको अपहेलित समाजबाट मुक्त भएको समेत बताए ।

यस्तै राष्ट्रियसभा सदस्य कोमल वलीले अपाङ्ग दिवसको नाम परिबर्तन गरि फरक क्षमता भएका व्यक्तिहरुको दिवस भनेर मनाउनु पर्ने बताईन् ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुसील बस्नेत,नेपाली काग्रेस दाङ क्षेत्र नं ४ का सभापति जनक बहादुर खड्का,महिला रक्षक सञ्जालकी सयोजंक सुश्मा गिरीलगाएतले अपाङ्गता भएका ब्यक्तिहरुको पीडा सुन्ने मात्र नभई समाधान तर्फ लाग्नुपर्ने बताएका थिए । नगरस्तरीय अपाङ्ग सञ्जालका अध्यक्ष दोलख बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण देवा डागीँले गरेकी थिइन् ।

साथै दिवसका अवसरमा ¥यालीको समेत निकालिएको थियो । तुलसीपुर उपमहानगर स्तरिय अपाङ्गता समन्वय समितिको आयोजना एवं तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको समन्वयमा ¥याली निकालिएको हो । अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चिता, मलाई गणना गर,,,समावेश गर ,, भन्ने मुल नारा सहित तुलसीपुर उपमहानगरपालिका कार्यालय गेट अगाडीबाट सुरु भएको ¥यालीले तुलसीपुर बजारको विभिन्न भाग परिक्रममा गरेको थियो ।

अपाङगता भएका व्यक्तिहरुलाई आरक्षणको व्यवस्था गर, रोजगारीको व्यवस्था गर,अपागंलाई दया होइन अवसर देउ,समाबेशी शिक्षा हाम्रो आवश्यकता लगाएतका विभिन्न सचेतना मुलक प्लेड कार्ड सहितको ¥यालीले विपि चोक, विरेन्द्र चोक हुदै वष्र्टन पार्र्टी प्यालेसमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *