अंग्रेजीमा पोख्त बनाउन शिक्षकलाई तालिम

घोराही, १८ मंसिर | अंग्रेजी माध्यमको पढाईलाई प्रभावकारी बनाउन घोराही उपमहानगरपालिकाले शिक्षकहरुलाई ५ दिने तालिम दिएको छ । नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकहरुलाई उपमहानगरको शिक्षा महाशाखाले अंग्रेजी बोल्ने, विद्यार्थीलाई पढाउने र सिकाउने विषयमा तालिम दिएको हो ।

Blog Post Ad

Blog Post Ad

तालिमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक विकास विना अन्य विकास असम्भब हुने बताउनुभयो । गुणस्तरीय शिक्षाले नै दक्ष र क्षमतावान जनशक्ति उत्पादन गर्ने भन्दै मेहनती बनेर सिकाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो ।

शिक्षक अनुशासित, मेहनती र लगनशिल भए मात्रै विद्यार्थीले सहि शिक्षा पाउने उहाँको भनाई छ । शिक्षकहरुलाई स्थानिय सरकारले अंग्रेजीमा भोक जगाएको भन्दै विद्यार्थी भन्दा तीन गुणा मेहनत गरेर विद्यार्थीलाई शिक्षण सिकाइ गर्न आग्रह गर्नुभयो ।

समय सुहाउदो र गुणस्तरीय शिक्षाले नै देशमा दक्ष एवं सक्षक जनशक्ति उत्पादन गर्ने भन्दै नगर प्रमुख चौधरीले विद्यार्थी फेल भए अब शिक्षक पनि फेल भएको मानिने बताउनुभयो ।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले विद्यार्थीहरुलाई दवावमा नभई बोध हुने बाताबरणमा पठनपाठनमा ध्यान दिनुपर्ने बताउनुभयो । देश बनाउने आधार शिक्षकको हातमा रहेको भन्दै उहाँले नगरको शिक्षालाई उत्कृष्ठ बनाउन थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

त्यसैगरी, शिक्षक महासंघ घोराही नगरका संयोजक निशान्त आचार्यले शिक्षकको मेहनत विना शिक्षण सिकाई र विद्यार्थीमा परिबर्तन आउन नसक्ने बताउनुभयो । तालिममा सहभागि शिक्षकहरु छविनारायण चौधरी र छमा पराजुलीले तालिमले आफुहरुलाई पृष्ठपोषण भएको बताउनुभयो । तालिमको प्रशिक्षकमा श्रीप्रसाद भटराई, नारायणप्रासद पौडेल, रामहरी रिजाल, दुर्गा पाण्डे र पुष्कर अधिकारी प्रशिक्षक रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *