हाम्रो अभियान स्वास्थ्य शिक्षादेखि पर्यावरण संरक्षणसम्म : सामाजिक अभियन्ता योगी [अन्तर्वार्ता]

नेपाल महिला सामुदायिक सेवा केन्द्र २०५० सालमा स्थापना भएको एक सामाजिक संस्था हो । महिला तथा बालबालिकाको सामाजिक विकास तथा आर्थिक विकास, दिगो शान्ति स्थापनाका लागि सामुदायिक जागरण, बालिका शिक्षा अभियान, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन अभियान, द्वन्द्व प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, दिगो शान्ति स्थापना, लघुवित्त कार्यक्रम, सहकारीमार्फत् सामुदायिक विकास, उद्यम विकास कार्यक्रममार्फत् महिला र युवाहरुमा स्वरोजगार निर्माण गर्दै आएको संस्थाले ३१ वर्ष पूरा गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष विमला योगीसँग पत्रकार आर. के. शीतलले गरेको कुराकानी सारंक्षेप ।

 नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ करिब तीन दशक पूरा भइसकेको छ। तपाईले गरेको योगदानप्रति तपाईलाई कत्तिको सन्तुष्टिकोे अनुभूति भएको छ ?

 सबैभन्दा त धेरै–धेरै धन्यवाद, यो अवसरका लागि । २०५० सालमा महिलाको सामाजिक सचेतीकरण सशक्तीकरण तथा आर्थिक स्वावलम्वन गर्ने परिकल्पना लिएर स्थापना भएको हो । हामी सीमित स्रोतबाट समुदायको आवश्यकता, पीडा अभावमा जोडिएका छाँै, सक्ने प्रयास गरेका छाँै । हामी स्रोतको अभावमा विद्यालयसम्म जोड्न पाउदा बालबालिकाको मुहारमा आएको हाँसो र सफल उद्यमी महिला र मानसिक पीडाबाट छट्पटाएको व्यक्तिलाई सामाजिक न्याय र शान्ति दिलाउँदा प्राप्त हुने आत्मसन्तुष्टि पाएका छौँ ।

 तपाईको संस्थाले यो तीन दशकको अवधिमा सञ्चालन गरेका कार्यक्रमका विषयमा केही जानकारी गराइदिनुस् न ?

 यस संस्थाले बालिका शिक्षा र रोजगारको लागि २०५० देखिनै बालिका शिक्षा अभियान सञ्चालन गरेका छाँै । सहकारिताको माध्यमद्वारा वित्तीय साक्षरता व्यवसायिक सीप स्रोतको माध्यमद्वारा महिला र युवालाई उद्यमशीलता विकास कार्यक्रम, महिलालाई नेपालको संविधानबाट प्रदत्त मा प्राप्त हक अधिकारको पक्षमा कानुनी साक्षरता, पौढ साक्षरता, बाल अधिकार, महिला अधिकार, बालबालिकाको लागि पौष्ट्रिक आधार, महिलाको लागि प्रजनन् स्वास्थ्य तथा मानसिक स्वास्थ्य परामर्श, वन वातावरण पर्यावरणको क्षेत्रलगायत द्वन्द्वपीडित तथा प्रभावित, विस्थापित परिवारको लागि आवश्यक शिक्षा, स्वास्थ्य, रोजगार, न्यायमा पहुँच, सरकारी पक्षसँग उनीहरूको सेवा र कानुनी न्यायका पक्षमा समन्वय र शान्ति स्थापनाका क्षेत्रमा काम ग¥यौँ ।

 ३१ वर्ष अगाडि क्याम्पस पढ्दै गरेका दिदिबहिनी मिलेर तपाईले नेतृत्व गरेको यो संस्थाले महिलाको सशक्तीकरणका लागि के कस्ता काम गर्दै आउनु भएको छ ?

 विशेषतहः महिलाको नेतृत्व विकासका लागि प्रशिक्षण, टोल–टोल, गाउँ–गाउँमा महिला बचत समूह गठन गर्दै महिलालाई आयआर्जन कार्यमा संलग्न गराउन व्यवसायिक तालिम प्रदान, राज्यका विभिन्न तहमा, सामुदायिक वन, उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व गराउन, महिलाको क्षमता अभिवृद्धि गरेका छौँ । जसको फलस्वरुप स्थानीय तहका उपमेयर, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य । विशेषतः दलित महिला सदस्यमध्ये ७० प्रतिशत उम्मेदवार संघसंस्थाद्वारा प्रशिक्षित महिला एवम् युवा निर्वाचनमा सफल हुनुभयो ।

तिनै तहका संसदमा समेत महिलाको प्रतिनिधित्व भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले महिला सशक्तीकरणका लागि काम गर्दै गर्दा ग्रामीण भेगका महिलामा समेत सशत्तीmकरणको काम गरिरहेका छाँै । महिलाको मानसिक तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका छौँ भने व्यवसायिक तालिममार्फत् उद्यमशीलतामा जोडेर आयआर्जनमा जोडिरहेका छाँै ।

 तपाईको संस्थाको पछिल्लो अभियान दिगो शान्ति स्थापनाका लागि सामुदायिक जागरणले द्वन्द्वपीडित महिलाको सवलीकरणमा कत्तिको प्रभाव परेको अनुभूति गर्नुभएको छ ?

 द्वन्द्वपीडित महिलासँग प्रत्यक्ष काम गरिरहेका छाँै । सशस्त्र द्वन्द्वको समयमा विभिन्न पीडा भोगेका महिला हामीसँग हुनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा प्रत्यक्ष यौनजन्य हिंसा भागेका महिला, सशस्त्र द्वन्द्वका कारण भएको पीडा, अभाव, चोटले छटपटाएका आमा, घरपरिवार, सन्तान, अभिभावक गुमाएका असहाय एवम् टुहुरा बालबालिकाको शिक्षा, सहारा, उहाँहरूको मानसिक पीडामा जोडिएर यस संस्था साथी बन्यौ । जिल्लामा शान्ति समितिको सदस्य बनेर संस्थाले राज्यको सेवा सुविधा, कानुनी अवस्थाबारे हामीले जानकारी गरायाँै । उहाँहरू मध्यलाई नै महिला शान्ति पहलकर्ता बनाएर समूहगत रुपमा पीस सर्कलको माध्यमबाट समस्या सुन्ने, त्यसलाई सम्बोधन गर्न संस्थाले पहल गर्ने ।

द्वन्द्वपीडित समुदाय र सरकार पक्षलाई जोड्नका लागि शान्ति संवादलगायत कार्यक्रम गरेर पहल गर्ने काम गरिरहेका छौँ । सेवा प्राप्त गरेका युवा महिला गाउँपालिकाको कार्यपालिकामा समेत प्रतिनिधित्व गरेर नीति निर्माण तहमा पुग्नुभएको छ । हामीसँग जोडिएका द्वन्द्वपीडित समुदाय तत्कालीन राज्य र विद्रोही पक्ष दुवै पक्षसँग नकारत्मक हुनु हुन्न । बरु मनोसामाजिक मनोविमर्श सेवा पाएर साकारात्मक सोचको विकास भएको छ । उहाँहरू आफै मनोविमर्शकर्ता बनेर समाजमा सेवा गरिरहनुभएको छ । समाजमा हुने समग्र विभेद, असमानता, घर झगडामा समेत परामर्श सेवा दिएर दिगो शान्तिको लागि आफै लागि पर्नु भएको छ । उहाँहरूको आफै दिगो शान्तिका लागि लाग्नु यस संस्था र समग्र समाजका लागि अतुलनीय उपलब्धी हो ।

 बालबालिका शिक्षा र विद्यालय सुधार कार्यक्रमलाई पनि तपाईले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्नु भो, यसबाट कति बालिका लाभान्वित भएर स्वरोजगार बने ?

 हाम्रो अभियान छोरीको शिक्षा, स्वरोजगार, सुरक्षा र न्यायको पक्षमा हो । हामी बालबालिकालाई शिक्षा गुणस्तरिय शिक्षा प्राप्त गरुन् । जातिय विभेद छुवाछुतको पीडा नहोस् । स्कूल छाड्ने अवश्था नहोस् । यस संस्थाले विद्यालयमा शिक्षक, स्वास्थ्यकर्मीलाई समेत मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिन्छौ ।

सामुदायिक विद्यालयमा बालबालिकाको लागि आवश्यक कक्षाकोठा, शुद्ध खानेपानी, सोलार, पोशाक, कापी कलम, विद्यालय भर्ना, परीक्षा शुल्कको लागि विद्यालय जान आधारभूत आवश्यकता परिपूर्ति गर्दछाँै । संस्था स्थापना भएदेखि हामीले पूर्ण र आंशीक छात्रवृत्ति ३ हजार ५ सय बढी बालबालिकाले प्राप्त गरेका छन् । सयौँ नानी शिक्षाका लागि छात्रवृत्तिमा विभिन्न देशमा अध्ययनका लागि गएका छन् । हाम्रो संस्थामा कार्यक्रममा सयौँ नानी रोजगारीमा छन् ।

 तपाईको संस्थाको अर्को पछिल्लो अभियान द्वन्द्वपीडित महिलालाई मानसिक स्वास्थ्य एवम् मनोविमर्शको कार्यक्रम पनि थाल्नु भएको छ। यसले द्वन्द्वको घाउमा मलम लागेको अनुभूति हुन्छ, तपाईलाई ?

 यो कार्यक्रम द्वन्द्वपीडित महिलाका लागि जीवनदायीनी बनेको छ । वर्तमान अवस्थामा नेपालकै परिप्रेक्षमा लुम्बिनी प्रदेशमा आत्महत्या घटना बढेर गएका छन् । प्रहरीको तथ्याङ्कलाईमात्र हेर्ने हो भने लुम्बिनी प्रदेशमा एक वर्षमा हजार बढी र दाङ जिल्लामा मात्र एक वर्षमा २ सय बढिको मृत्यु भइरहेको छ । जसमा संख्यात्मक रुपमा युवाको संख्या धेरै छ । आत्महत्याको घटना भएको परिवारलाई समाजले दोषी बनाउदा श्रीमानले आत्महत्या गरे श्रीमतीलाई, श्रीमतीले गरे श्रीमानलाई दोषी बनाउँदछन् तर परिवार, समुदाय र विद्यालयमा शिक्षकले विद्यार्थीको, कार्यालयमा आफ्नो सहकर्मीको मानसिक स्वास्थ्यमा आएको फरक परिवर्तन बुझ्न नसक्दा युवा जीवनको क्षति भएको छ ।

परिवार, विद्यालय, कार्यालयमा प्रमुख र परिवारले भोगेका पीडा, मुद्रा, अपमान धेरै छ । अब यो घटाउन यस संस्थाले स्थानीय एफ.एम रेडियो, स्थानीय पत्रपत्रिका, सामाजिक सञ्जालमार्फत् मानसिक स्वास्थ्य र परामर्श सेवा सुरु गर्दैछाँै । यसो भएमा द्धन्द्वपिडितका लागि मात्र नभएर आम नागरिक आफ्नो र परिवारको सदस्यको जीवन जोगाउन धेरै ठुलो महत्व रहनेछ । मानवको स्वास्थ जीवनबाट मात्र उसले परिवार, समाज र राष्ट्रमा अर्थपूर्ण योगदान दिन सक्दछ । समाज र परिवारमा शान्ति स्थापना दिगो हुनेछन् । हामीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् १३२५ र १८२० का सम्बन्धमा महिला शान्ति र सुरक्षा सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको सम्बन्धमा पनि हामीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छाँै ।

 स्थानीय उत्पादनको बजारीकरणका लागि थालेको हरियो बजारको प्रगति समीक्षाका विषयमा केही जानकारी गराइदिनुस् न ?

 समूह, सहकारी, लघुवित्त र समाजमा महिलाले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्ने, मूल्य अभिवृद्धि श्रृंखला र खाद्य सुरक्षाको लागि थालिएको सकारात्मक प्रयास हो । हामी व्यवसायमा जोड्याँै । सरकार तथा संघसंस्थाले पनि व्यवसायमा लाग्न प्रोत्साहन त ग¥यौ तर बजारीकरणमा ध्यान दिन सकेनौँ । त्यसैले स्थानीय किसानले उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने उद्देश्य हरियो बजारको हो ।

हरियो बजार, यस्ता संस्था सञ्चालन गर्न राज्य पक्ष, स्थानीय सरकारको सहयोग र प्रोत्साहनको आवश्यकता पर्दछ । सुरुवात १०औँ वर्ष भईसक्दा समेत व्यक्तिगत व्यवसाय जस्तो बैंक, वित्तीय संस्थाको ऋणले आर्थिक रुपमा अबल बनाउन एकदमै कठिन छ । तापनि स्थानीय खाद्य वस्तु प्रशोधन गरी सातु, मह, डेरी, बेकरीमा वस्तु तयार गरी बजारमा ल्याएका छौँ ।

 गैरसरकारी संस्था भनेका सरकारका साझेदार संस्था हुन् र सामाजिक अभियानका संस्थाका रुपमा पनि हेर्ने गरिएको छ, तर कतिपय सरकारी अधिकारीले गैरसरकारी संस्थालाइ हेर्ने दृष्टिकोणनै नकारात्मक देखिन्छ, यो तपाईको संस्थालाई पनि अनुभूति भएको छ ?

 हामीले स्थापना भएको ३१आँै वर्ष पार गरेका छाँै । सरकारी निकायको सकारात्मक प्रोत्साहन हामीले पाएका छौँ । दाङ जिल्लालगायत छिमेकी ५ जिल्ला र सरकारी, लघुवित्तले सेवा प्रवाह गरेको देशैभरीबाट समेत स्थानीय सरकारको पनि सकारात्मकता पाएका छौँ तर सरकारी निकायबाट पछाडी पारिएका वर्ग, यौनजन्य क्रियाकलापबाट जोखिममा रहेको घोराही उपमहानगरपलापलिका वडा न. १३ र १५ मा रहेको बादी समुदाय बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण सुरक्षाका लागि पहल गर्दा समेत कुनै सहयोग जुटाउन सकेका छैनाँै । संस्थाले आन्तरिक बजेटबाट ट्यूशन सेन्टर, महिलालाई उत्पादनमा जोड्ने, कटाईसिलाई तालिम सञ्चालन गरिरहेको छ । हामी हाम्रो प्रयास सामुदायिक विकासमा लगेका छौँ ।

 गैर सरकारी संस्थालाई त निश्चित समयका परियोजना हुन्, त्यसपछिको अभियानको अपनत्वसँगै जिम्मा पनि स्थानीय सरकारले लिनु पर्ने हो तर एनजिओले सुरु गरेका अभियान बिचमै हराउने गरेको देखिन्छ नी ?

 नेपाल महिला सामुदायिक सेवा केन्द्र सरकारी बजेट, अन्तर्राष्ट्रिय बजेट ल्याउने उद्देश्यभन्दा समुदायको विकास, स्थानीय स्रोत प्रयास र ऋण सहयोगबाट गर्दछौँ । तसर्थ संस्थाको ८ वटा सामुदायिक विकासको क्षेत्रमा रहेर हरेक कार्यक्रमलाई निरन्तर समुदायको अवस्था सुधार नहुँदासम्म समुदाय र स्थानीय सरकारलाई अस्तान्तरण गर्ने गरेका छौँ । स्थानीय तहले पनि हामीले गरेका सकारात्मक कार्यलाई निरन्तरता दिएको छ ।

 अन्त्यमा तपाईहरूले आगामी दिनमा सुरु गर्न चाहेका वा सम्झौता समेत भएका केही कार्यक्रम छन् कि ?

 हामी आन्तरिक स्रोतबाट दाङ जिल्लाका सामुदायिक विद्यालय, कलेजमा Green Club (3 Zero Club) को माध्यमद्वारा युवालाई स्वदेशमा भविष्य छ, विदेश जानु पर्दैन भन्ने मूल नारामा साथ गरिबी निवारण, रोजगारी र्सिजना र पर्यावरण संरक्षणको अभियानलाई स्वरोजगारीमा जोड्दै छौँ । स्थानीय अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्न ग्रीन किचनको माध्यमद्वारा विद्यार्थीले आंशीक रोजगारको वातावरण बनाउँदछौँ । पोषण र स्वास्थ्य सुधार बालबालिकाको सुरक्षित जीवनआधार सचेतना अभियान अगाडि बढाउँदछौँ ।

यसका लागि हामी हाम्रो प्रयास जारी छ । कसैसँग स्रोतमा बाटो खुलेको छ । किशोरीको प्रजनन् स्वास्थ्य सुरक्षाका लागि संस्थाले सञ्चालन गरेको लैंङ्गिक हिंसा पीडितका लागि स्वरोजगार तालिम केन्द्रमार्फत् लैंङ्गिक हिंसा पीडितको नेतृत्वमा सेनेटरी प्याड, तैयारी कपडा, पर्यावरण संरक्षणका लागि कपडाको झोला उत्पादन गरी १००औँ महिलालाई रोजगारी दिने लक्ष्य राखेका छौँ । यो उद्योग सञ्चालनम सहयोग पु¥याउन सहयोगी मनमा अनुरोध गर्दछु ।